राशीफल आजको तपाईको राशी अनुसार : यात्रा, धनप्राप्ती,पारिवारिक सुख यस्तो छ 

राशीफल आजको तपाईको राशी अनुसार : यात्रा, धनप्राप्ती,पारिवारिक सुख यस्तो छ 

अर्थ डबली
शनिवार, कार्तिक २९ २०७७
अर्थ डबली
शनिवार, कार्तिक २९ २०७७ (अर्काइभ बाट)
  • राशीफल आजको तपाईको राशी अनुसार : यात्रा, धनप्राप्ती,पारिवारिक सुख यस्तो छ 

    आज मिति २९ गते कार्तिक २०७७ शनिवार । इस्वी संवत सेप्टेम्बर १४ तारिख २०२० अयुश्मान सकुनी स्वाति, लक्ष्मी पुजा व्रतर महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्म जयन्ती, कुकुर तिहार, नरक चतुर्दशी विश्व मधुमेह दिवस, सुखरात्री

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    बौद्धिक क्षेत्र राम्रो देखिन्छ । बौद्धिक र चिन्तमूलक क्रियाकलापमा दिन बित्नेछ । झगडालु स्वभाव र चिड्चिडेपन विकसित हुने भएकाले हरेक काम गर्दा आफूमाथि नियन्त्रण गर्नु राम्रो हुन्छ । रिसले हानी गर्ने समय छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला। नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। आर्थिक पक्ष पेचिलो कमजोर भएको दिन हो । बाध्यात्यमक खर्चमा बृद्धि हुनसक्छ । प्रतियोगितामा भने आज सफलता मिल्ने योग रहेको छ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    महत्वपूर्ण घरायासी काममा संलग्न रहेर बिहानको समय बित्न सक्छ । सानातिना र बेकामे भए पनि मिहिनेले काम गर्दा भविष्यमा केही नि केही फाइदा लिन सकिनेछ । घर व्यवहारका काममा समय बित्न सक्छ । सामान्य तनाव र समस्या उत्पन्न भए पनि दिन नराम्रो छैन । समग्रमा सार्थक फल प्राप्त हुने समय छ । डुबेको धन फिर्ता आउन सक्छ । ज्ञानप्राप्तिको समय छ । अध्ययनमा प्रगति हुनेछ भने अरूका लागि पनि सहयोग गर्न सकिनेछ। 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    अपरान्हमा निराशाको अनभूति सलबलाउने भए पनि आज समग्रमा उपलब्धिमूलक समय रहेको छ । नयाँ कामधन्दा वा व्यवसाय शुरु गर्ने समय छ । कामको चाप बढ्नेछ । अरुको जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । विगतमा रोकिएको कामले गति लिन थाल्नेछन् । आज जे गरे पनि आफ्नै निर्णयले गरेको राम्रो हुनेछ । मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ। 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    सामाजिक काममा दौडधूप हुनसक्छ । धार्मिक र सामाजि क्षेत्रबाट सम्मानित हुने अवसर पाइनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँ नयाँ मार्ग पत्ता लाग्नेछ । पारिवारिक सुख मिल्नेछ । अभिभावकबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । चाहाना अनुसार कार्य सम्पन्न गर्न सकिनेछ । यात्रा सफल हुनेछ । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। प्रतिष्ठा बृद्धिका लागि गरिएको प्रयास सफल हुनेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरु समाधान गर्न सकिनेछ । साँझसम्म हातमा नसोचेको धन आइपुग्न सक्छ । महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । विभिन्न सामाग्रीको किनमेल गर्दा आजको समय राम्रो छ । स्वास्थ्य सबल छ । व्यापार व्यवसायमा फाइदा छ । नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ । खानपान, मौजमज्जा र आनन्दाका लागि खर्च बृद्धि हुनसक्छ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आजबाट खराब र दिक्कलाग्दो समयको समाप्ति हुँदैछ । आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ।  दिउँसोबाट तपाईँको असन्तुष्टिहरु समाप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। कार्यक्षेत्र वा कारोबारमा देखिएका समस्याहरु समाधान हुनेछ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ। स्वास्थ्यमा सुधार हुनेछ । रोकिएका वा पुराना कामले गति लिनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन्। स्वास्थ्यमा सुधार हुनेछ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    दिउँसोको तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । सुरुमा सामाजिक तथा सांस्कृतिक कार्यक्रमा संलग्न हुनुपर्नेछ । कुनै नजानेका वा नयाँ कुराको ज्ञानप्राप्त हुनेछ । खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। तर नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। कामप्रति लगनशीलता बढ्नेछ । पशुपालन र कृषिजन्य व्यवसायबाट लाभ मिल्नेछ । घुमघाम, परोपकार र दानपुण्यमा मन आकर्षित हुनेछ । दिउँसोदेखि गरेका काममा अवरोधन आउने सम्भावना रहेको छ । दैनिक कामकाजमा अवरोध आउन सक्छ । घरायासी प्रयोजनमा खर्च बृद्धि हुनेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । मातापिता वा मान्जयनको सहानुभूति र आर्शिवाद मिल्नेछ । गरेका काममा सफलता मिल्नेछ । सम्मान र साख आर्जन गर्ने समय छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ । तयसैले पेसा वा व्यवसायप्रति नचिताएको महत्वपूर्ण कार्य सिद्धी हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। भौतिक साधनको उपयोगले विशेष फाइदा दिनेछ। श्रमको उचित मूल्य पाइनेछ। छोटो समयमा लाभ उठाउने अवसर प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    बिहान धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षित हुनेछ । व्यापार व्यवासय र कामधन्दामा खट्नुपर्ने समय आएको छ । लामो दुरीको यात्राको लागि अनुकूल समय छ । दिर्घकालिन व्यवास्थापनका क्षेत्रमा लगानी हुनेछ । आत्मविश्वास बढ्नेछ । फाइदा कमै भए पनि आँटेको काम सम्पादन हुनेछ। अभिभावकबाट महत्वपूर्ण सल्लाह सुझाव प्राप्त हुने समय छ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    परिस्थिति आज पनि विपक्षमा नै रहेको देखिन्छ । यद्यपि डराउनुपर्ने अवस्था भने छैन । बिहान बित्नसाथ सुखद समाचार सुन्न पाउदा मन फुरुङ्ग हुनेछ । गरेको प्रयासमा ढिलै पनि सफलता आर्जन हुनेछ । सानो प्रयासले रोकिएको प्रशासनिक काम अघि बढ्नसक्छ । बेलुकीपख नचिताएको कुनै काम वा अचानक बनेको समाचार सुन्न पाउनुहुनेछ । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्न सक्छ । मान सम्मान र प्रशंसा बटुल्नेदिन हो । आर्थिक पक्षमा टेवा पुग्ने बाटो पत्ता लाग्नेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    प्रारम्भमा मनमा उत्साह र उमङ्ग नै देखिनेछ । हाँसखेल र रमाइलोमा झुकाव भएको दिन हो । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । लगनशीलताले बिस्तारै उपलब्धि पनि दिलाउनेछ। आँटेका र ताकेको काममा उपलब्धि मिल्नेछ ।  दिउँसोदेखि रिस, घमण्ड र क्रोधले शरीरमा प्रवेश गर्ने दिने हो । अतः संयम र सचेत हुनुपर्छ । व्यापार व्यवसाय र साझेदारीको काम अपरान्हपहिले नै राम्रो देखिन्छ ।  

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    लामो समयदेखिको उल्झन सुल्झाउनेसमय छ । पेसा वा व्यवासयको असजिला पक्षको निराकण हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि समय राम्रो छ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ। सुन्दर उपहारले उत्साह जगाउनेछ।

    दिन छिप्पिदै जाँदा समय भाग्यशाली हुनेछ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

    साताको लोकप्रीय