ग्लोबल आइएमई बैंकको नयाँ शाखा तनहूँको दुलेगौडामा, शाखा संख्या पुग्यो २ सय ६३

ग्लोबल आइएमई बैंकको नयाँ शाखा तनहूँको दुलेगौडामा, शाखा संख्या पुग्यो २ सय ६३

अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७
अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७ (अर्काइभ बाट)
  • ग्लोबल आइएमई बैंकको नयाँ शाखा तनहूँको दुलेगौडामा, शाखा संख्या पुग्यो २ सय ६३

    काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले बिहिबारदेखि तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६३ पुगेको बैंकले जनाएको छ ।

    images
    images

    सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

    ग्लोबल आइएमई बैंकले ७२ वटा जिल्लामा फैलिएको २६३ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

    नेपालको अग्रणी स्थानमा रहेको ग्लोबल आइएमई बैंकले सेवाग्राहीलाई ध्यानमा राख्दै सेवा विस्तार गरिरहेको जनाएको छ ।

    साताको लोकप्रीय