कोरोना अपडेटः निको हुने दर ८६.३ प्रतिशत, देशभर २८ हजार १०६ सक्रिय संक्रमित

कोरोना अपडेटः निको हुने दर ८६.३ प्रतिशत, देशभर २८ हजार १०६ सक्रिय संक्रमित

अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७
अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७ (अर्काइभ बाट)
  • कोरोना अपडेटः निको हुने दर ८६.३ प्रतिशत, देशभर २८ हजार १०६ सक्रिय संक्रमित

    काठमाडौं / नेपालमा कोरोना संक्रमण निको हुने दर ८६.३ प्रतिशत रहेको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो बिहीबारको तथ्याङ्क हो । 

    images
    images

    यस्तै बितेको २४ घण्टामा ८६४ महिला र १ हजार २३९ पुरुषसहित थप २ हजार १०३ जना संक्रमित थपिएका छन् भने २ हजार ८५८ संक्रमण मुक्त भएका छन् । यस्तै १७ जनाको मृत्यु भएको छ । 

    मन्त्रालयको अध्यावधिक विवरण अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या २८ हजार १०६ जना रहेको छ । 

    हालसम्म कुल संक्रमितको संख्या २ लाख १५ हजार २० जना र निको हुनेको संख्या १ लाख ८५ लाख ६३८ जना रहेको छ । 

    यस्तै हालसम्म कोरोनाबाट १ हजार २७६ जनाले ज्यान गुमाएका छन् भने क्वारेन्टिनमा ७६७ जना रहेका छन् । 

    यस्तै, हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको कोरोना परीक्षण भएको छ भने बितेको २४ घण्टामा मात्रै ९ हजार ८०५ जनाको परीक्षण भएको छ । 

     

    साताको लोकप्रीय