सुनसान मेलौली  भगवती मन्दिर, यस वर्ष जात्रा नहुने

सुनसान मेलौली  भगवती मन्दिर, यस वर्ष जात्रा नहुने

अर्थ डबली
शनिवार, मंसिर १३ २०७७
अर्थ डबली
शनिवार, मंसिर १३ २०७७ (अर्काइभ बाट)
  • सुनसान मेलौली  भगवती मन्दिर, यस वर्ष जात्रा नहुने

     

    images
    images

    मेलौली भगवती मन्दिरमा यस वर्ष जात्रा नहुने

    प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने मेला यो वर्ष नहुने भएको छ । कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रा यो वर्ष नलाग्ने भएको हो । 

    कोरोना भाइरसको जोखिम कायमै रहेकाले मेलौली नगरपालिकाले सूचना जारी गर्दै यही मङ्सिर १४ र १५ गते मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा नित्यपूजा मात्रै गर्न दिने निर्णय गरेको छ । 

    बलिसहितको भव्य जात्रा लाग्ने मेलामा सुदूरपश्चिमका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गर्दथे । मेलौली भगवती मन्दिर परिसरमा कुनै किसिमका व्यापारिक कक्ष राख्न नदिने, मन्दिर परिसर र मन्दिर नजिक रहेका क्षेत्रमा भीडभाड गर्न नदिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए । उनले भने, “कोरोना जोखिम कायमै रहेकाले मेलाजात्रामा रोक लगाएका हौँ ।”

    यस्तै मङ्सिर १३ गतेदेखि १६ गतेसम्म होटेल, पसल तथा बजार पूर्णरुपमा बन्द गर्ने, सोही समयमा मदिराको कारोवार र सेवनमा पूर्णरुपमा रोक लगाउने, स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परिवारबीच मात्रै जात्रा मनाउन दिने निर्णय गरिएको हो ।  

    साताको लोकप्रीय