मुक्तिनाथ विकास बैंकको नयाँ ब्राण्ड मस्कट ‘मुक्ति भाइ’

मुक्तिनाथ विकास बैंकको नयाँ ब्राण्ड मस्कट ‘मुक्ति भाइ’

अर्थ डबली
मंगलवार, मंसिर ३० २०७७
अर्थ डबली
मंगलवार, मंसिर ३० २०७७ (अर्काइभ बाट)
  • मुक्तिनाथ विकास बैंकको नयाँ ब्राण्ड मस्कट ‘मुक्ति भाइ’

    काठमाडौँ / मुक्तिनाथ विकास बैंकले बैंकको लोगोको प्रतिक ‘मुक्ति भाइ’नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ ।

    images
    images

    बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आगामी दिनमा आफ्नो विभिन्न सेवा , सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने उद्देश्यले ब्राण्ड मस्कट ‘मुक्ति भाइ’सार्वजनिक गरेको हो । 

    बैंकका अध्यक्ष भरत राज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले संस्थापक शेयरधनीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थितिमा सो ब्राण्ड मस्टक सार्वजनिक गरेको थियो । 

    विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न VISA network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

    त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हाल विकास बैंकको १ सय ३८ ओटा शाखा कार्यालयहरु रहेका छन् ।

    साताको लोकप्रीय