गृहमन्त्री बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो

गृहमन्त्री बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो

अर्थ डबली
आइतवार, बैशाख ५ २०७८
अर्थ डबली
आइतवार, बैशाख ५ २०७८ (अर्काइभ बाट)
  • गृहमन्त्री बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो

    काठमाडौँ / गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ । उनको पद गुमेसँगै  उनी मन्त्री पदबाट मुक्त भएका छन् ।

    images
    images

    संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको हो । मन्त्री बादल बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । उनी पूर्व नेकपामा आफ्नो छुटै समुह बनाएर हिडेका थिए ।

    सर्वोच्चको प्रतिनिधि सभा पुनःगर्ठनको निर्णय सँगै ओली क्याम्पमा लागेका थिए । बादलाई पार्टीमा रहे नरहेको जानकारी गराउन माओवादी केन्द्रले पत्र नै काटेको थियो । 

    उनले ओली क्याम्पमा  गएको संकेत गरेपछि केन्द्रले संसद सचिवालयमा चैत्र २७ गते नै बादलले दलत्याग गरेको पत्र पठाएको थियो । उक्त पत्रको आधारमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बादलको पद रिक्त भएको निर्णय गरेका हुन् । 

    सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था छ । यसकारण सांसद नरहे पनि प्रधानमन्त्री ओलीले उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने सम्भावना रहेको छ ।

    यसअघि पदमुक्त भएका सासंद लेखराज भट्ट, प्रभु शाह, टोप बहादुर रायमाझी र गौरीशंकर चौधरीलाई पनि प्रधामन्त्री ओलीले पुनः मन्त्री पदमा नियुक्त गरिसकेका छन् । 

    साताको लोकप्रीय