माग पूरा नभए ४ हजार ईन्जिनियरले राजीनामा दिने, सकारलाई १८ गतेसम्म अल्टिमेटम 

माग पूरा नभए ४ हजार ईन्जिनियरले राजीनामा दिने, सकारलाई १८ गतेसम्म अल्टिमेटम 

अर्थ डबली
आइतवार, बैशाख १२ २०७८
अर्थ डबली
आइतवार, बैशाख १२ २०७८ (अर्काइभ बाट)
  • माग पूरा नभए ४ हजार ईन्जिनियरले राजीनामा दिने, सकारलाई १८ गतेसम्म अल्टिमेटम 

    काठमाडौं / राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले चरणबद्व आन्दोलन घोषणा गरेको छ । आफ्नो माग पूरा नभए ४ हजार ईन्जिनियरले राजीनामा दिने घोषणा गर्दै सकारलाई  बैशाख १८ गतेसम्म अल्टिमेटम दिएको छ ।

    images
    images


    आज (आइतबार) एक पत्रकार सम्मेलन गरेर समितिले खाईपाई आएको भत्ता र असार मसान्तसम्ममा सकिन लागेको समयसिमा थप गर्नुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।
     
    कार्यक्रममा प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष ई. अविनाश अमरले सरकारसमक्ष प्राविधिकहरुको सकिन लागेको दरवन्दीको समयसिमा थप गर्न जोडदार माग गरे । 

    प्राविधिकलाई राज्यले दायित्वभन्दा पनि सम्पत्ति सोचेर व्यवस्थापन गर्नुपर्ने अमरको भनाई थियो । ‘प्राविधिकहरु खुशी भए सारा देश र जनताहरु खुशी हुन्छन् ।’ अध्यक्ष अमरले भने,‘सरकारले प्राविधिक चाहीदैन भनेर दरबन्दी कटौती गर्नु दुःखद् कुरा हो ।’
     
    नेपाल इन्जिनियरिङ एशोसियशनका आगामी ३३ आंै कार्यकारी समितिका महासचिव पदका प्रत्यासी महासचिव ई. डा. शंकर ढकालले ५ वर्ष बढि भन्दा कार्य अनुभव बटुलेका प्राविधिकहरुको सम्मान गर्नुपर्ने जोड दिए । प्राविधिकहरुलाई तिरस्कृत नगरेर उनीहरुले राखेका जायज माग पुरा गर्नुपर्ने उनको भनाई थियो ।  

    नेपाल इन्जिनियरिङ एशोसियशनका आगामी ३३आंै कार्यकारी समितिका अध्यक्ष पदका अर्का प्रत्यासी ई डा. दिलिप कुमार झाले इन्जिनियरिङ एशोसियशनले पनि प्राविधिकहरुलाई स्थान दिन नसकेको बताए । 

    प्राविधिकहरुले उठाएको मागहरुमा सरोकारवाला तथा एशोसियन पनि प्रतिबद्व हुनुपर्नेमा जोड दिए । उनले चुनावी एजेण्डामा मात्र नभएर कार्यान्यन तिर लाग्नुपर्ने बताए ।  

    engineer.JPG

    कार्यक्रममा एशोसियशनका महासचिव उम्मेद्धवारका प्रत्यासी ई. डा. कृष्णसिंह बस्नेतले २०७२ सालको महाविनाशकारी भुकम्प र त्यसपछिको पराकम्पले पुर्याएको क्षतिलाई मुर्त रुप दिन प्राविधिकहरु लागिपरेको भन्दै उनीहरुको माग यथाशक्य पुरा गर्नुपर्ने बताए ।  

    एशोसियशनका महासचिव उमेद्वारका प्रत्यासी ई. अमृतमणि रिमालले  प्राविधिकहरुलाई सेवा प्रवेश गराइदाँदेखि नै उपलब्ध गराउने भनिएको अतिरिक्त सुविधा, दुर्गम क्षेत्र निर्धारण र प्रोत्साहनको लागि मापदण्ड बनाउने भनि दिएको आश्वासन पुरा गर्नुपर्ने बताए । 

     
    इन्जिनियरिङ एशोसियशनका अध्यक्ष उमेद्वारका प्रत्यासीहरु ई. डा. हरिराम पराजुली, ई. डा.सुरज लामिछाने, ई. डा. हरिबहादुर दर्लामीलगायतले प्राविधिकहरुको जायज माग पुरा गर्नुपर्ने धारणा राखेका थिए । 
    उनीहरुले घोषणा गरेको चरणबद्व आन्दोलनहरु बैैशाख १३ र १४ गते कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, बैशाख १५, १६ र १७ गते कार्यक्षेत्रमा उपस्थित् भई ‘पेन–डाउन’ गर्ने र १८ गते सम्पुर्ण प्राविधिकहरुले औपचारिक कार्यक्रममार्फत राजीनामा दिने रहेको छ । कार्यक्रमको सञ्चालन संघर्ष समितिका सदस्य गोविन्द कार्कीले गरेका थिए । 

    साताको लोकप्रीय