नेपाली युवा उद्यमी मञ्चद्वारा ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिण्डर सहयोग 

नेपाली युवा उद्यमी मञ्चद्वारा ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिण्डर सहयोग 

अर्थ डबली
सोमवार, जेठ ३ २०७८
अर्थ डबली
सोमवार, जेठ ३ २०७८ (अर्काइभ बाट)
  • नेपाली युवा उद्यमी मञ्चद्वारा ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिण्डर सहयोग 

    काठमाडौँ / नेपाली युवा उद्यमी मञ्चले आफ्नो सदस्यहरूको संयुक्त पहल अन्तर्गत ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिन्डर सहयोग गरेको छ । 

    images
    images

    दोस्रो चरणको कोरोना भाइरससँग जुध्न कठिन भएको यस परिस्थिति र गम्भिर प्रकृतिका विरामीलाई अक्सिजन अभावले उपचारमा थप समस्या सिर्जना गरेको अवस्थामा संस्थाले  वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाई अक्सिजन सहयोग गरेको हो । 

    साथै उक्त कार्य एन.वाइ.इ.एफ. राष्ट्रिय परिषद, काठमाण्डौं च्याप्टर र काठमाण्डौं एडभाइजरी लिडरसिप ग्रुपबाट भएको थियो ।

    नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) एउटा गैर नाफामूखी संस्था हो, यसको स्थापना सन् २००३ मा भएको हो । 
    यस संस्थाको मूख्य उद्देश्य यूवा उद्यमीहरूबीच विचारको आदान प्रदान गर्नु र व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने ज्ञान, सिप, शिक्षा, साझेदारी तथा तालिमहरू उपलब्ध गराएका छन् । 

    हाल एन.वाइ.इ.एफ. को एपेक्स बडी (केन्द्रीय कार्य समिति) मा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी युवा उद्यमीहरुको सहभागिता रहेको छ र ६ सय भन्दा बढी सदस्यहरू यस संस्थामा आबद्ध छन् ।

    राष्ट्र पहिले र केही बनाऔं भन्ने एन.वाइ.इ.एफ. को मूल दुई मूल्य मान्यता हुन् । उक्त दुई मूल्य मान्यतालाई मध्य नजर गर्दै संस्थाले उक्त पहल २४ घण्टा भित्र नै सफल गराइएको थियो । साथै उक्त कार्य एन.वाइ.इ.एफ. राष्ट्रिय परिषद, काठमाण्डौं च्याप्टर र काठमाडौँ एडभाइजरी लिडरसिप ग्रुपबाट भएको थियो ।

    साताको लोकप्रीय