अमेरिकाले २ करोड ५० लाख डोज खोप वितरण गर्ने, नेपालले कति पाउला ? 

अमेरिकाले २ करोड ५० लाख डोज खोप वितरण गर्ने, नेपालले कति पाउला ? 

अर्थ डबली
शुक्रवार, जेठ २१ २०७८
अर्थ डबली
शुक्रवार, जेठ २१ २०७८ (अर्काइभ बाट)
  • अमेरिकाले २ करोड ५० लाख डोज खोप वितरण गर्ने, नेपालले कति पाउला ? 

    अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्ने घोषणा गरेको छ। कोरोनाका कारण उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिने बताइएको छ।

    images
    images

    अमेरिकी राष्ट्रपति जो बाइडनले कोभ्याक्स कार्यक्रममार्फत कोभिड १९ विरुद्ध १ करोड ९० लाख मात्रा खोप विश्वका विभिन्न देशहरूलाई वितरण गर्ने घोषणा गरेका हुन् । 

     

    I join my fellow Americans, & all friends of Nepal, in celebrating the @WhiteHouse announcement that Nepal will be among the countries to receive direct vaccine donations from the United States. More details are coming soon! Together we will #beatthevirus.https://t.co/0gM5inom5x pic.twitter.com/0aLf8p00iJ

    — Ambassador Randy Berry (@USAmbNepal) June 3, 2021

     

    नेपालले कति पाउला ?

    खोप बाँडिने देशहरूको सूचीमा नेपाल पनि रहेको छ। नेपाललाई दिइने यकिन सङ्ख्या तथा कुन खोप भन्ने खुलाइएको छैन।

    अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाललाई प्रत्यक्ष सहयोगसहित कोभ्याक्समार्फत् ७० लाख खोप एसियाली देशहरूलाई दिइने जनाएको छ। अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकाले प्रत्यक्ष खोप सहयोग गर्ने देशहरूमा नेपाल पनि रहेको बताएका छन् । त्यसबारे थप विवरण चाँडै आउने उनको भनाइ छ । 

    We welcome the US decision to provide COVID-19 vaccines to Nepal. Thank you @POTUS, @VP for responding to our appeal for these precious life-saving doses! Nepal and Nepali people remain grateful. This reaffirms the strength of Nepal-US friendship.

    — K P Sharma Oli (@kpsharmaoli) June 3, 2021

    उक्त घोषणालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अमेरिकाको उक्त खोप सहयोगको निर्णयको स्वागत गरेका छन्।

    उनले अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिलाई जीवन रक्षक खोपको निम्ति नेपालले गरेको अपीललाई स्वीकार गरेकोमा धन्यवाद दिएका छन्।

    साताको लोकप्रीय