पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभाव, आज यी स्थानहरूमा बर्षाको सम्भावना

पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभाव, आज यी स्थानहरूमा बर्षाको सम्भावना

अर्थ डबली
मंगलवार, जेठ २५ २०७८
अर्थ डबली
मंगलवार, जेठ २५ २०७८ (अर्काइभ बाट)
  • पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभाव, आज यी स्थानहरूमा बर्षाको सम्भावना

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी, पूर्वी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जनाएको छ ।

    images
    images

    हाल देशका केही पहाडी  भूभागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ अन्य स्थानहरू सामान्यतया सफा रहेको छ।

    दिउँसो : प्रदेश १,२ बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ ।

    प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    राती : पहाडी भूभागहरुमा आंशिक  देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा कोसम्भावना रहेको छ।

     आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

    साताको लोकप्रीय