कोरोना अपडेट : निको हुने संक्रमितको संख्या ५ लाख नाघ्यो, हालसम्म ८ हजार बढीको मृत्यु 

कोरोना अपडेट : निको हुने संक्रमितको संख्या ५ लाख नाघ्यो, हालसम्म ८ हजार बढीको मृत्यु 

अर्थ डबली
मंगलवार, जेठ २५ २०७८
अर्थ डबली
मंगलवार, जेठ २५ २०७८ (अर्काइभ बाट)
  • कोरोना अपडेट : निको हुने संक्रमितको संख्या ५ लाख नाघ्यो,  हालसम्म ८ हजार बढीको मृत्यु 

    काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने संक्रमितको संख्या ६ हजार ५७० रहेको छ । योसँगै निको हुने संक्रमितको संख्या पनि ५ लाख ४ हजार ५३० पुगेको छ । 

    images
    images

    नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १०८ संक्रमितको मृत्यु भएसँगै कूल मृतकको संख्या ८ हजार ९८ पुगेको हो । 

    यसैगरी बितेको २४ घण्टामा थप ५ हजार १५३ संक्रमित थपिएका छन् । योसँगै हालसम्म कोरोना पुष्टि हुनेको संख्या ५ लाख ९५ हजार ३६४ पुगेको छ ।

     गत २४ घण्टामा नेपालमा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टेजिन विधिबाट गरी कूल १७ हजार ६७६ जनाको कोरोना परीक्षण गरिएको हो । मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना निको हुने दर ८४.७ प्रतिशत रहेको छ भने सक्रिय संक्रमितको संख्या  ८२ हजार ७३६ रहेको छ । 

    साताको लोकप्रीय