सकेसम्म छिट्टै कोभिडविरूद्धको खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह

सकेसम्म छिट्टै कोभिडविरूद्धको खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह

अर्थ डबली
मंगलवार, आषाढ १ २०७८
अर्थ डबली
मंगलवार, आषाढ १ २०७८ (अर्काइभ बाट)
  • सकेसम्म छिट्टै कोभिडविरूद्धको खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह

    ब्रसेल्स / मुलुकमा कोभिड–१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरोसम्बन्धी खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गरेका छन् । 

    images
    images

    अमेरिकी समय अनुसार सोमबार अपरान्ह उनले ट्वीटरमार्फत् सन्देश जारी गर्दै भने, “यदि तपाई (अमेरिकी) नागरिकहरूले खोप लगाउनुभएको छैन भने बिना कुनै ढिलाई खोप लगाउनुहोस् । धेरै स्थानहरूबाट खोप सेवा उपलब्ध भइरहेको बताउँदै उनले थपे, “हामीसँग यो भाइरसलाई परास्त गर्न अझ धेरै काम बाँकी छ । सङ्क्रमण दरलाई कम गर्न खोप लगाउनुको विकल्प छैन ।”

    उनले सङ्क्रमणका कारण अमेरिकामा लगभग छ लाख व्यक्तिको मृत्यु भएको उनले बताए । 

    महामारीका कारण विश्व अर्थतन्त्रमा प्रभाब परेको बताउँदै उनले भने, “अमेरिकालगायत विश्वका कुनै पनि मुलुकले महामारीका कारण ठूलो आर्थिक क्षति व्यहोरेको छ ।” संयुक्त राज्य अमेरिका खोप अभियानपछि महामारी नियन्त्रणका साथै आर्थिक वृद्धिको बाटोमा अग्रसर भइसकेको र स्वास्थ्यका हिसाबले पनि देशका अधिकांश भागमा अवस्था सामान्य भइसकेको उनले दावी गरे । 

    धेरै जसो देश सामान्य अवस्थामा फर्किएको छ र हाम्रो आर्थिक सुधारले विश्वलाई नेतृत्व गरिरहेको छ । कोभिड–१९ सङ्क्रमणका कारण भएको मृत्युको सङ्ख्या उल्लेख्यरूपमा घट्दैछ । यद्यपि यसैमा सन्तुष्टि लिने अवस्था भने आइसकेको छैन । 

    यसैबीच ब्रसेल्समा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) शिखर सम्मेलनपछि गरिएको पत्रकार सम्मेलनका क्रममा उनले अमेरिकामा कोरोनाभाइरसबाट अझै पनि औसत दैनिक ३७० व्यक्तिको मृत्यु भइरहेको बताएका छन् । 

    रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार राष्ट्रिय रूपमा आगामी जुलाई ४ सम्ममा ७० प्रतिशत बयस्क अमेरिकीहरूले खोपको कम्तिमा एउटा मात्रा लगाउने उद्देश्य राखेको छ । सरकारको यो उद्देश्य पूरा हुन सहज भने देखिएको छैन । 

    राष्ट्रव्यापीरूपमा १८ बर्षभन्दा माथिका करीब ६४.५ प्रतिशत अमेरिकीले कम्तीमा खोपको एक मात्रा लगाइसकेका सीडीसीले जनाएको छ । 

    साताको लोकप्रीय