उद्यमी व्यवसायीलाई खोप उपलब्ध गराउन महासंघको माग

उद्यमी व्यवसायीलाई खोप उपलब्ध गराउन महासंघको माग

अर्थ डबली
बुधवार, आषाढ २ २०७८
अर्थ डबली
बुधवार, आषाढ २ २०७८ (अर्काइभ बाट)
  • उद्यमी व्यवसायीलाई खोप उपलब्ध गराउन महासंघको माग

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

    images
    images

    महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङसँग भेटगरी अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो ।

    महासंघले निषेधाज्ञा र बन्दाबन्दीका समयमा अग्रभागमा रहेर उपभोग्य वस्तुको निर्वाध उत्पादन र वितरणका लागि काम गरीरहेकाले यो क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको थियो ।

    अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारका आर्थिक लक्ष्यलाई पुरागर्न समेत यो वर्गलाई खोपमा पहिलो प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष गोल्छाले जोड दिएको महासंघले जनाएको छ ।

    महासंघसँगको भेटवार्तामा मन्त्री तामाङ्गले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी र यस क्षेत्रमा कार्यरत सम्पूर्ण कामदार कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड विरुद्धको खोप उपलव्ध गराउने बताएका थिए । 

    कोभिडले समग्र अर्थतन्त्र नै जर्जर बनाएकाले अर्थतन्त्रलाई तत्काल तङग्रने वातावरण बनाउन यस क्षेत्रमा जोडिएका सबैलाई खोप दिई काममा फर्काउन जरूरी रहेको विषयलाई सरकारले मनन गरिसकेको मन्त्री तामाङको भनाइ थियो ।

    साताको लोकप्रीय