शेयर बजार विज्ञ  रविन्द्र भट्टराईले किन भने ...  कहिँ नभएको सेयर बजारको जात्रा खुमलटारमा !

शेयर बजार विज्ञ  रविन्द्र भट्टराईले किन भने ...  कहिँ नभएको सेयर बजारको जात्रा खुमलटारमा !

अर्थ डबली
बुधवार, आषाढ २ २०७८
अर्थ डबली
बुधवार, आषाढ २ २०७८ (अर्काइभ बाट)
  • शेयर बजार विज्ञ  रविन्द्र भट्टराईले किन भने ...  कहिँ नभएको सेयर बजारको जात्रा खुमलटारमा !

    काठमाडौं / यो साताको चौथो कारोबार दिन बुधबार आज ५२.३९ अङ्क अर्थात १.७३ प्रतिशतले घटेको बजार २ हजार ९६९.७२ बिन्दुमा झर्यो । झण्डै ३ हजारको विन्दुमा झर्नु भनेको हिजोको नेपाल धितो पत्र बोर्ड (सेवन) को हिजो मंगलबारको एक विज्ञप्तिले यति धेरै पहिरो गएको हो । 

    images
    images

    नेपाल धितोपत्र बोर्ड (सेवन) ले ५१ ओटा कम्पनीहरुमा गरिएको लगानी जोखियुक्त भन्दै प्रेस विज्ञप्ति जारी गरेसँगै लगानीकर्ता, तथा शेयर बजारका विज्ञहरुले आफ्नो आफ्नो टिप्पणी दिएका छन्  । बजारमा पहिरो गएपछि धेरै जसोले धितोपत्र बोर्डमाथि औंला सोझ्याउँदै कुन कम्पनी कस्तो कति उपयुक्त भन्ने तर्क गर्न नमिल्ने टिप्पणी गरेका छन् ।

     
    यसै सन्दर्भमा शेयरबजार विज्ञ रविन्द्र भट्टराईले आफ्नो फेसवुकमा धितोपत्र बोर्डलाई कडा टिप्पणी गर्दै भनेका छन् सेयर बजारमा नियामकले जोखिम मुक्त भन्ने शब्दको प्रयोग गर्नु आफैंमा मुर्खता सिवाय केहि पनि हैन । 

    सम्पुर्ण सेयर बजार नै जोखिमपुर्ण हुने भएकाले त्यस भित्र कुनै कम्पनी जोखिम युक्त र कुनै जोखिममूक्त भन्नु नियामक निकायको हास्यास्पद विषय भएको उनले तर्क गरे । उनले नमच्चिने पिंगको सय झड्का भन्दै कहि नभएको सेयर बजारको जात्रा खुमलटारमा भन्ने टिप्पणी दिएका छन् । ।

    लगानीकर्ताहरूले आत्तिएर शेयर बिक्री गर्दा आज बजारमा बिक्री चाप उच्च भएको हो । 

    आज बुधबार शेयर बजारमा १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने बजार पूँजीकरण रकम घटेर ३९ खर्ब ९० अर्ब ४८ करोड ४९ हजारमा झरेको छ । यो दिन २१९ ओटा कम्पनीको एक लाख ६७ हजार ९३८ पटकको व्यापारमा २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता शेयर खरिदबिक्री भएका छन् । 

    हेर्नुस् विज्ञ भट्टराईले के लेखे त्यस्तो टिप्पणी ?


    बोर्डका पदाधिकारीले सेयर बजारका बारेमा केहि बोल्न नपाएर वा मिडियामा अनुहार देखाउन नपाएर छटपटि भए बोल्नलाई सानो हरफ तयार पारिदिएको छु त्यहि बोले हुन्छ ।

     
    धितोपत्र बजारमा लगानी गर्ने क्रममा लगानीकर्ताले आफ्नो जोखिम लिने क्षमताको मूल्यांकन गरि सुसुचित भई अधिकतम विवेक प्रयोग गरेर लगानी निर्णय गर्नेछन भन्ने कुरामा बोर्ड विश्वस्त छ ।

     पुँजि बजारको विकास गर्न, लगानीकर्ताको हितको संरक्षण गर्न, बजारको पारदर्शिता कायम गर्न र नियम कानुनको पालना गराउने कुरामा बोर्ड प्रतिवद्ध छ ।


    तर, यो किन, यो बेच, बजार बढ्छ, घट्छ, यो कम्पनीमा जोखिम छ यसमा छैन भन्ने जस्ता कुराहरु रेफ्रीको भूमिकामा बसेको संस्थाले गर्न मिल्दैन ।

    नियामकले किन्नेलाइ मात्र हैन बेच्नेलाई पनि न्याय दिन सक्नु पर्छ । यो किन भनि रहदा बेच्नेलाई अन्याय भै रहेको हुन्छ। यो बेच भन्दा किन्नेलाई अन्याय भै रहेको हुन्छ । 

    बजार बढ्छ भनि रहदा घट्ने आश भएकालाई अन्याय भै रहेको हुन्छ भने घट्छ भनिरहदा बढ्ने आश भएकालाई अन्याय भै रहेको हुन्छ । 

    बोर्डले जोखिम पुर्ण भनि सुचि सार्वजनिक गर्दा सेयर होल्ड गरेर बस्नेहरुलाई पिडा थपि दिएको छ भने अर्कोतर्फ सुचि बाहेकका सबै कम्पनीमा जोखिम छैन वा जोखिम मुक्त छन जति वा जसरी लगानी गरे पनि हुन्छ भन्ने संदेश गइ रहेको हुन्छ । 

    सेयर बजारमा नियामकले जोखिम मुक्त भन्ने शब्दको प्रयोग गर्नु आफैंमा मुर्खता सिवाय केहि पनि हैन । सम्पुर्ण सेयर बजार नै जोखिमपुर्ण हुने भएकाले त्यस भित्र कुनै कम्पनी जोखिम युक्त र कुनै जोखिममूक्त भनेर नियामकले परिभाषित गर्न्र आफैंमा हास्यास्पद छ र यसलाई भन्छन नमच्चिने पिंगको सय झड्का। वा कहि नभएको सेयर बजारको जात्रा खुमलटारमा ।

    लगानीकर्तालाई विवेक प्रयोग गर भन्ने सँस्थाको यो अविवेकि हर्कतले पुँजिबजारको नियामकको नियामकिय क्षमताको स्तर छरपष्ट भएको छ । 

    यदि यी कम्पनीको सेयर दोस्रो बजारमा अनियमित तरिका बाट कारोबार भएको पाएको भए कहिले र कसरी भएको थियो र तीनलाई बोर्डले कस्तो कारबाहि गर्दैछ र पिडितले कसरी क्षतिपुर्ति पाउछन त्यो पनि स्पष्ट हुनुपर्छ ।

    साताको लोकप्रीय