मनाङस्थित प्राइम कमर्सियल बैंकको शाखा बन्द, यस्तो छ कारण  

मनाङस्थित प्राइम कमर्सियल बैंकको शाखा बन्द, यस्तो छ कारण  

अर्थ डबली
मंगलवार, भदौ १ २०७८
अर्थ डबली
मंगलवार, भदौ १ २०७८ (अर्काइभ बाट)
  • मनाङस्थित प्राइम कमर्सियल बैंकको शाखा बन्द, यस्तो छ कारण  

    लमजुङ/ हिमाली जिल्ला मनाङमा कारोबार गर्दै आएको प्राइम बैंंकको शाखा बन्द भएको छ । मनाङको नासोङ गाउँपालिका – ३ , अन्तर्गत धारापानीमा शाखा स्थापना गरी सेवा प्रवाह गर्दै आएको उक्त कमर्सियल बैंक शाखा बन्द भएको छ ।

    images
    images

     गत असारको १ गते मस्र्याङदी नदिमा आएको बाढीले बैंक रहेको घरसमेत बगाएपछि थप कारोबार गर्न समस्या भएकाले शाखा नै बन्द गर्नुपरेको बैंकले जनाएको छ । 
    धारापानीको शाखा बन्द गरी सबै कारोबार लमजुङ सदरमुकाम बेसीशहरमाको शाखाबाट प्रवाह गर्ने उक्त शाखाका प्रवन्धक सुरेन्द्र बरालले बताए । 

    बाढी र पहिरोका कारण नासोङ गाउँपालिकाको धारापानीका धेरै घरहरुमा क्षति पुगेको र बैंकबाट वित्तीय सेवा प्रवाहका लागि उपयुक्त घरसमेत नपाउँदा शाखा गाभ्नु परेको बैंकले जनाएको छ । सेवा प्रवाहलाई निरन्तरता दिनका लागि बेसिशहर शाखामा गाभ्नको  लागि नेपाल राष्ट्र बैंकले अनुमति दिइसकेको र भदौ १ देखि सबै कारोबार बेसीशहर शाखाबाट हुने प्रवन्धक बरालको भनाइ छ । 

    एक पालिका एक बैंक अवधारणा बमोजिम २०७५ जेठमा तत्कालीन कैलाश विकास बैंक  नासोङ गाउँपालिकाको धारापानीको स्थापना भएको थियो ।  पछि २०७६ फागुनमा कैलाश विकास बैंक र प्राइम कर्मसियल बैंक गाभिएसँगै धारापानीमा रहेको कैलाश विकास बैंक प्राइम कर्मसियल बैंकमा नामाकरण भई सेवा प्रवाह हुँदै आएको थियो ।

    बाढीले कार्यालय रहेको घर बगाउँदा कागजपत्र सहित ७५ लाख भन्दाबढी नगदसमेत बगेको थियो । धारापानीमा प्राइमसहित प्रभु बैंक , नासोङ गाउँपालिकाको प्रशासकीय भवन , स्थायी  प्रहरी चोक र केही निजी घरसमेत मस्र्याङदी नदीले बगाएको थियो ।

    साताको लोकप्रीय