बैंक अफ काठमाण्डू ग्राहकहरुलाई SRL डाईग्नोष्टिकमा सेवा लिदा १० प्रतिशत छुट 

बैंक अफ काठमाण्डू ग्राहकहरुलाई SRL डाईग्नोष्टिकमा सेवा लिदा १० प्रतिशत छुट 

अर्थ डबली
बुधवार, भाद्र ३० २०७८
अर्थ डबली
बुधवार, भाद्र ३० २०७८ (अर्काइभ बाट)
  • बैंक अफ काठमाण्डू ग्राहकहरुलाई SRL डाईग्नोष्टिकमा सेवा लिदा १० प्रतिशत छुट 

    काठमाडौं / बैंक अफ काठमाण्डू लिमिटेड र SRL डाईग्नोष्टिक (नेपाल) प्रा. लि. बिच  एक सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । 

    images
    images

    सम्झौता पश्चात् ग्राहक महानुभावहरुले SRL डाईग्नोष्टिक (नेपाल) प्रा. लि.ले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशतसम्म छुट  पाईनेछ । 

    SRL डाईग्नोष्टिक (नेपाल) प्रा. लि. ले काण्ठमाडौं उपत्यकाको महाराजगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।   

    बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

    साताको लोकप्रीय