हिमालयन बैंकद्वारा महानगरीय प्रहरी वृत्तलाई एक लाख १० हजार रुपैयाँ बराबरको कम्प्युटर सहयोग 

हिमालयन बैंकद्वारा महानगरीय प्रहरी वृत्तलाई एक लाख १० हजार रुपैयाँ बराबरको कम्प्युटर सहयोग 

अर्थ डबली
बिहिवार, भदौ ३१ २०७८
अर्थ डबली
बिहिवार, भदौ ३१ २०७८ (अर्काइभ बाट)
  • हिमालयन बैंकद्वारा महानगरीय प्रहरी वृत्तलाई एक लाख १० हजार रुपैयाँ बराबरको कम्प्युटर सहयोग 

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडले तिनकुने, नयाँ बानेश्वर, काठमाडौँस्थित ‘महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर’लाई कम्प्युटर सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्तलाई दुई थान कम्प्युटर सहयोग गरेको हो । 

    images
    images

    महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर बंैकले रुपैया एक लाख १० हजार रुपैयाँ बराबरको दुई थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको हो । 

    बैंकका तर्फबाट बैंकका मुख्य प्रबन्धक समीर आचार्यले उक्त महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी उपरिक्षक मीम बहादुर लामालाई एक समारोह बीच उक्त सहयोग हस्तान्तरण गरेका छन् ।  सो समारोहमा बैंक तथा वृत्तका अन्य कर्मचारीहरुको पनि उपस्थिति  रहेका थियो ।

    साताको लोकप्रीय