एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली

एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली

अर्थ डबली
शुक्रवार, असोज १ २०७८
अर्थ डबली
शुक्रवार, असोज १ २०७८ (अर्काइभ बाट)
  • एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली

    काठमाडौँ / नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्षमा कुशप्रसाद मल्ली निर्विरोध निर्वाचित भएका छन् । 

    images
    images

    नयाँ नेतृत्वका लागि बिहीबार निर्वाचन हुने भनिए पनि अन्तिम समयमा संघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भएका हुन् । 

    पूर्वअध्यक्ष सावरमल अग्रवाल र उद्योगी विजयहरी शर्मा प्रतिस्पर्धामा रहे पनि सहमतिका लागि भएको प्रयासपछि उनीहरू पछि हटे । सहमतिका लागि अध्यक्ष गोकुल भण्डारी, निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरे तथा राजेन्द्र डल्लाकोटी, जीतबहादुर कार्की र राजेन्द्र काबरा रहेको समिति गठन गरिएको थियो ।

    संघको विशिष्ठ सदस्यमा डल्लाकोटी चयन भए भने वरिष्ठ उपाध्यक्षका शंकर श्रेष्ठ निर्विरोध भए । उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास तथा महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भए । कोषाध्यक्षमा धर्मराज बर्तौला र सचिवमा आशिष जाजोदिया निर्विरोध भएका हुन् । 

    l.p gas.JPG

    संघको सदस्यमा लोकहर्ष शाक्य, बाबुराम पोख्रेल, सुनिल सिन्हा, मनोज बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे, राजकुमार सिन्धी लगायत चयन भएका छन् ।

    साताको लोकप्रीय