बैंकहरूको नयाँ ब्याजदर आजदेखि लागू, कुन बैंकले कति दिन्छ ब्याज ? 

बैंकहरूको नयाँ ब्याजदर आजदेखि लागू, कुन बैंकले कति दिन्छ ब्याज ? 

बैंकिङ प्रणालीमा तरलताको अभाव भएसँगै वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर बृद्धि गरेका छन् । कर्जा प्रवाहको तुलनामा निक्षेप बृद्धि हुन नसकेका कारण बैंकहरूले बचतकर्ताहरूलाई दिने ब्याज दोहोरो अङ्कले बढाएका हुन् । 

अर्थ डबली
शुक्रवार, आश्विन १ २०७८
अर्थ डबली
शुक्रवार, आश्विन १ २०७८ (अर्काइभ बाट)
  • बैंकहरूको नयाँ ब्याजदर आजदेखि लागू, कुन बैंकले कति दिन्छ ब्याज ? 

    काठमाडौँ / बैंकहरूको नयाँ ब्याजदर आजदेखि लागू गरेका छन् । केही वाणिज्य बैंकहरूले भदौदेखि नै ब्याजदर बृद्धि गरेको भए पनि बाँकी बैंकहरूले असोज १ गतेदेखि लागू हुनेगरी भदौ मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

    images
    images

    बैंकिङ प्रणालीमा तरलताको अभाव भएसँगै वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर बृद्धि गरेका छन् । कर्जा प्रवाहको तुलनामा निक्षेप बृद्धि हुन नसकेका कारण बैंकहरूले बचतकर्ताहरूलाई दिने ब्याज दोहोरो अङ्कले बढाएका हुन् । 

    बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार निक्षेपमा सबैभन्दा बढी ब्याज सनराइज बैंकले दिने भएको छ । सो बैंकले व्यक्तिगत र संस्थागत निक्षेपकर्तालाई १०.७ प्रतिशत ब्याज दिने भएको हो ।

    यसैगरी प्राइम कमर्सियल बैंक, सेञ्चुरी बैंक, सिभिल बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंकले पनि ९ प्रतिशतभन्दा बढी ब्याज दिने घोषणा गरेका छन् । यसअघि सबैभन्दा कम ब्याज दिँदै आएको स्टान्डर्ड चार्टर्ड बैंकले भने व्यक्तिगत खातामा ७.५ प्रतिशत र संस्थागत खातामा ७ प्रतिशत ब्याज दिने भएको छ । 

    कुन बैंकको ब्याजदर कति ? 

    सनराइज बैंक

    सनराइज बैंकले आजदेखि साधारण बचतमा ५.०७ प्रतिशत ब्याज दिने भएको छ । यसैगरी सो बैंकले ३ महिनासम्मको मुद्दती निक्षेपमा ९.१० प्रतिशत, ६ महिनासम्ममा ९.६० प्रतिशत, एक बर्ष र सोभन्दामाथिको १०.०७ प्रतिशत निक्षेप दिने दिएको छ । संस्थागत मुद्दतीमा पनि बैंकले १०.०७ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । 

    कुमारी बैंक

    कुमारी बैंक लिमिटेडले आजदेखि साधारण बचतमा ३.१५ प्रतिशतदेखि ५.१५ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको छ । यसैगरी कुमारीले व्यक्तिगत मुद्दती र संस्थागत मुद्दतीमा ८.१५ प्रतिशत ब्याज दिने जनाएको छ । 

    मेगा बैंक

    मेगा बैंक लिमिटेडको साधारण बचतमा न्युनतम ब्याजदर ४.५५ प्रतिशत र अधिकतम ब्याजदर ६.०५ प्रतिशत तोकिएको छ । यस बैंकले व्यक्तिगत मुद्दती र संस्थागत मुद्दतीमा ८ प्रतिशतदेखि ९.५५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।   

    माछापुच्छ्रे बैंक

    माछापुच्छ्रे बैंकले साधारण बचतमा ३.७५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसैगरी व्यक्तिगत मुद्दतीमा ८.२५ प्रतिशत ब्याजदर निर्धाण गरेको यस बैंकले संस्थागत मुद्दतीमाभने ८.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

    ग्लोबल आइएमई बैंक

    ग्लोबल आइएमई बैंकले साधारण बचतमा ४.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, व्यक्तिगत मुद्दति र संस्थागत मुद्दतीमा भने यस बैंकले ८.८० प्रतिशतदेखि ९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । 

    एभरेष्ट बैंक 

    एभरेष्ट बैंकले साधारण बचतमा ३.६१ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । यता, संस्थागत मुद्दतीमा ७ प्रतिशतदेखि ८.६१ प्रतिशतसम्म ब्याजदर तोकेको एभरेष्ट बैंकले व्यक्तिगत मुद्दतीमा ७ प्रतिशतदेखि ८ प्रतिशत ब्याजर निर्धारण गरेको छ । 

    सेञ्चुरी बैंक

    सेञ्चुरी बैंकले पनि साधारण बचतमा ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । त्यस्तै, व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपमा भने बैंकले ८ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । 

    सिभिल बैंक

    सिभिल बैंकले साधारण निक्षेपमा ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म ब्याज दिने  भएको छ । व्यक्तिगत मुद्दती निक्षेपमा ७.५५ देखि ९.२५ प्रतिशतसम्म ब्याज निर्धारण गरेको सिभिल बैंकले संस्थागत मुद्दती निक्षेपमा भने ७.३५ प्रतिशतदेखि ८.५५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

    नबिल बैंक

    नबिल बैंकले साधारण निक्षेपमा न्युनतम ४.२६ देखि अधिकतम ६.२६ प्रतिशत ब्याजदर कायम गरेको छ । त्यस्तै, व्यक्तिगत मुद्दती निक्षेपमा ६.५१ प्रतिशतदेखि ९.२६ प्रतिशतसम्म ब्याजदर तोकेको नबिलले संस्थागत मुद्दती निक्षेपमा ७.५१ प्रतिशतदेखि ९.०१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । 

    प्रभु बैंक 

    प्रभु बैंकले साधारण निक्षेपमा ३.२५ देखि ५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसैगरी व्यक्तिगत मुद्दतीमा ७.७५ प्रतिशतदेखि ८.२५ प्रतिशत ब्याजदर कायम गरेको सो बैंकले संस्थागत मुद्दती निक्षेपमा पनि सोही ब्याजदर कायम गरिएको उल्लेख गरेको छ । 

    प्राइम बैंक

    प्राइम बैंकले साधारण निक्षेपमा ४.७६ देखि ५.७६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै, व्यक्तिगत मुद्दती निक्षेपमा ८ प्रतिशतदेअि ९.२५ प्रतिशतसम्म ब्याजदर दिने तय गरेको प्राइम बैंकले संस्थागत मुद्दतीमा भने ९.५० प्रतिशतदेखि ९.७६ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । 

    बैंक अफ काठमाण्डू

    बैंक अफ काठमाण्डूले साधारण निक्षेपमा ३.७७ प्रतिशतदेखि ५.२७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा ८.२७ प्रतिशत कायम गरेको यस बैंकले संस्थागत मुद्दती निक्षेपमा पनि सोही बराबर ब्याजदर दिने भएको छ । 

    एनएमबि बैंक

    एनएमबि बैंकले साधारण बचतमा ४.५२ प्रतिशत देखि ६.५२ प्रतिशतसम्म ब्याज दिने भएको छ । व्यक्तिगत मुद्दती निक्षेपमा ७.५० प्रतिशतदेखि ९.०२ प्रतिशतसम्म ब्याजदर तोकेको सो बैंकले संस्थागत मुद्दती निक्षेपमा ७.५० प्रतिशतदेखि ९.५१ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । 

    कृषि विकास बैंक

    सरकारी स्वामित्वको रहेको कृषि विकास बैंकले साधारण बचतमा न्युनतम ३.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजर दिने भएको छ । आजदेखि लागू हुने गरी नयाँ ब्याजदर घोषणा गरेको यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.५० प्रतिशतदेखि ७.५० प्रतिशतसम्म ब्याज दिने भएको छ भने संस्थागत मुद्दती निक्षेपमा ६ प्रतिशतदेखि ७ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । 

    नेपाल बैंक

    नेपालको पहिलो बैंक नेपाल बैंकले साधारण बचतमा न्युनतम ३.०५ प्रतिशतदेखि ४.५५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसैगरी व्यक्तिगत मुद्दती निक्षेपमा ८.०५ प्रतिशत ब्याजदर रहेको नेपाल बैंकले संस्थागत मुद्दतीमा पनि सोही बराबर ब्याज दिने जनाएको छ । 

    राष्ट्रिय वाणिज्य बैंक

    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साधारण बचतमा ३.०६ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसैगरी यस बैंकले व्यक्तिगत र संस्थागत दुबै मुद्दती निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । 

    लक्ष्मी बैंक

    लक्ष्मी बैंकले साधारण बचतमा न्युनतम ४ प्रतिशतदेखि अधिकतमा ६ प्रतिशसम्म ब्याजदर निर्धारण गरेको छ । यस बैंकले व्यक्तिगत मुद्दति निक्षेप र संस्थागत मुद्दति निक्षेपमा ८.५० प्रतिशत ब्याजदर दिनेछ । 

    नेपाल बंगलादेश बैंक

    नेपाल बंगलादेश बैंकले साधारण बचतमा ३.७६ देखि ४.७६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । व्यक्तिगत मुद्दती निक्षेपमा ८.५१ प्रतिशतदेखि ८.७६ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको यस बैंकले संस्थागत मुद्दती निक्षेपको लागि पनि सोही बराबर ब्याजदर कायम गरेको छ । 

    सिद्धार्थ बैंक

    सिद्धार्थ बैंकले साधारण बचतमा ४.०५ प्रतिशतदेखि ५.०५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा ८.२५ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म ब्याजदर तोकेको यस बैंकले संस्थागत मुद्दती निक्षेपमा भने ८.७५ प्रतिशतदेखि ९.०५ प्रतिशतसम्म ब्याज दिने भएको छ । 

    एनआई सी एशिया बैंक

    एनआई सी एशिया बैंकले साधारण ब्याजदरमा ३.६ प्रतिशत ब्याज दिने भएको छ भने व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती दुबैमा ८.६० प्रतिशत ब्याजदर कायम गरेको छ ।

    हिमालयन बैंक

    हिमालयन बैंकले साधारण निक्षेपमा ४.१५ प्रतिशतदेखि ६.१५ प्रतिशतसम्म ब्याज दिने भएको छ । यसैगरी व्यक्तिगत मुद्दती निक्षेपमा ५ प्रतिशतदेखि ८.५० प्रतिशत ब्याजदर कायम गरेको यस बैंकले संस्थागत मुद्दती निक्षेपमा ७ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

    सानिमा बैंक

    सानिमा बैंकले साधारण निक्षेपमा ३ देखि ५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ७ देखि ९.०१ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ९.५१ प्रतिशतदेखि ९.५१ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

    नेपाल इन्भेष्टमेन्ट बैंक

    नेपाल इन्भेष्टमेन्ट बैंकले साधारण बचतमा ४.०२ प्रतिशत ब्याज निर्धारण गरेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा ७ प्रतिशतदेखि ८.५० प्रतिशतसम्म ब्याज दिने यस बैंकले संस्थागत मुद्दती निक्षेपमा भने ९.०२ प्रतिशतले ब्याज दिने भएको छ । 

    एनसीसी बैंक

    एनसीसी बैंकले साधारण निक्षेपमा ४.२६ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८.७५ प्रतिशतदेखि ९ प्रतिशतसम्म ब्याज दिने भएको छ भने संस्थागत मुद्दतीमा ९.२६ प्रतिशत ब्याज दिने जनाएको छ ।  

    सिटिजन्स बैंक 

    सिटिजन्स बैंकले साधारण बचतमा ३ देखि ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै, व्यक्तिगत मुद्दती निक्षेपमा ७.५० प्रतिशत ब्याजदर तोकेको यस बैंकले संस्थागत मुद्दती निक्षेपमा भने ७.५० प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याज दिने भएको छ । 

    नेपाल एसबिआई बैंक

    विदेशी स्वामित्व भएको नेपाल एसबिआई बैंकले साधारण बचतमा ३.५५ प्रतिशत ब्याज दिने बताएको छ । व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत मुद्दती निक्षेप दुबैमा यस बैंकले ४.५ प्रतिशतदेखि ८.५५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । 

    स्टान्डर्ड चार्टर्ड बैंक

    स्टान्डर्ड चार्टर्ड  बैंकले साधारण बचतमा २.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज दिने भएको छ । यसैगरी संस्थागत मुद्दती निक्षेपमा ३ प्रतिशतदेखि ५.२५ प्रतिशतसम्म ब्याजदर कायम गरेको यस बैंकले व्यक्तिगत मुद्दतीमा भने ५ प्रतिशतदेखि ७ प्रतिशतसम्म ब्याज दिने भएको छ । 

    Bank byaj.JPG


    बैंक तथा वित्तीय संस्थाका नियामक निकाय राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई कर्जा नभएर निक्षेपमा ब्याजदर वृद्धि गर्न सुल्झाएको थियो ।

    बजारको तरलता अभावलाई नै मध्यनजर गर्दै राष्ट्र बैङ्कले पछिल्लो ४ दिनमा मात्र ५८ अर्ब रुपैयाँको वैधानिक तरलता सुविधा (एसएलएफ) पठाइसकेको जनाएको छ । हिजो बिहीबार मात्रै केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको अल्पकालीन तरलता प्रवाह उपकरण (रिपो) जारी गरेको थियो । बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी, राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) र रिपो सुविधामार्फत तरलता व्यवस्थापन गर्दै आएका छन् । 

    साताको लोकप्रीय