आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा हुनेछ अत्याधिक धेरै बर्षा, कुन प्रदेशमा मध्यम ? हेर्नुस् 

आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा हुनेछ अत्याधिक धेरै बर्षा, कुन प्रदेशमा मध्यम ? हेर्नुस् 

अर्थ डबली
आइतवार, असोज ३ २०७८
अर्थ डबली
आइतवार, असोज ३ २०७८ (अर्काइभ बाट)
  • आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा हुनेछ अत्याधिक धेरै बर्षा, कुन प्रदेशमा मध्यम ? हेर्नुस् 

    काठमाडौँ / जल तथा मौस म विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।

    images
    images

     हाल  देशभर  सामान्यतया सफा देखी आंशिक बदली रहेको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ आश्विन ३ गते (आइतबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रही  प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ। प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानहरुमा अत्याधिक वर्षाको समेत सम्भावना रहेको छ।

    २०७८ आश्विन ४ गते (सोमबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।

    २०७८ आश्विन ४ गते (मंगलबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी,कर्णाली  र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।
     
    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

    देशभर आंशिक देखि सामान्य बदली  सबै प्रदेशका केही-केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले  उक्त स्थानहरुका पहाडी  भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावकोको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

     

    साताको लोकप्रीय