चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई छात्रवृत्ति दिने 

चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई छात्रवृत्ति दिने 

अर्थ डबली
बुधवार, मंसिर २२ २०७८
अर्थ डबली
बुधवार, मंसिर २२ २०७८ (अर्काइभ बाट)
  • चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई छात्रवृत्ति दिने 

    काठमाडौं/ नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस बिषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति  दिने भएका छन् ।

    images
    images

    प्रत्येक प्रदेशमा बीबीएम इ बिजनेश पढ्न चाहाने एक जना छात्रालाई पुर्ण निशुल्क, १४ जना विद्यार्थीलाई ट्युसन फीमा शत प्रतिशत  र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिने गरि फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर (एमओयु) भएको हो ।

    समझदारी पत्रमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरे । चेम्बरसंगको सहकार्यमा फाउण्डेसनले स्नातक तहको पढाईका १ करोड १७ लाख रुपैँया सहयोग गर्ने फाउण्डेसनका अध्यक्ष  जलानले बताए । 

    चेम्बरका अध्यक्ष मल्लले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरि आर्थिक सहयोग उपलव्ध गराउने बताए  ।

    लक्षित बर्गमा सो सहयोग रकम पुगोस भन्नेमा चेम्बर सजग रहेको मल्लको भनाई छ । 
    सुचना प्रविधिको विकाससंगै अवको दिनमा इ बिजनेश शिक्षा प्रभावकारी हुने  जलानले बताए । 

    खल्ती वालेटसंगको सहकार्यमा पढाई पुरा गरेका विद्यार्थीलाई रोजगारी समेत उपलव्ध गराउने गरि समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

    खल्तीका प्रमुख कार्यकारी अधिकृत सिईओ विनय खड्काले इ बिजनेशमा स्नातक तह पार गरेका विद्यार्थीलाई खल्तिले २ वर्षसम्म सशुल्क इन्टर्नसीपको व्यवस्था गराउने बताए ।

    समझदारीपत्र हस्ताक्षर समारोहमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल र शिक्षा समिति सभापति दिपक काजी तुलाधरको पनि सहभागिता थियो । 

     

    साताको लोकप्रीय