उदयपुरमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु हुने

उदयपुरमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु हुने

अर्थ डबली
आइतवार, पौष ११ २०७८
अर्थ डबली
आइतवार, पौष ११ २०७८ (अर्काइभ बाट)
  • उदयपुरमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु हुने

    गाईघाट / उदयपुरमा साहासिक खेल प्याराग्लाडिङको व्यासायिक उडान सुरु हुने भएको छ । 

    images
    images

    आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरगढीबाट नगरको वडा नं ५ सिमसार क्षेत्रसम्मको लागि प्याराग्लाइडिङ उडान सुरु भएको हो । 

    शुक्रबार र शनिबार सो क्षेत्रमा दुई दिनसम्म नियमित उडान परीक्षण गरेर सफल भएपछि अब व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए  ।

    कटारी नगरपालिकाको सहयोग र गडिकोट  प्याराग्लाइडिङ समितिको आयोजनामा व्यावसायिक प्याराग्लाइडिङ उडान सफल भएपछि अब गडिकोट पर्यटन विकास समितिको लगानी र कटारी नगरपालिकाको सहयोगमा यस क्षेत्रमा नियमित प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको नगरपालकाले जनाएको छ । 

    यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नियमित प्याराग्लाइडिङ उडान गर्न यहाँका उत्साहित युवालाई पोखरामा लगेर यस सम्बन्धी विशेष तालिमको व्यवस्था गरिएको छ ।

     पोखराका केही प्राविधिकको सहयोगमा प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको बताइएको छ । 

    व्यावसायिक उडान सुरु भएपछि यसमा रमाउने यहाँका बासिन्दा यसप्रति आकर्षित हुने विश्वास लिइएको छ । कटारी नगरपालिका, प्रदेश नं १ सरकार र गडिकोट पर्यटन विकास समितिको रु पाँच करोडको लगानीमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ ।

     यो खेलको विकास तथा विस्तारका लागि डिपिआर तयार गरिएको कटारी नगरपालिकाका प्रमुख श्रेष्ठले बताए । कटारी–५ को सिमसार तथा तालतलाउ र जङ्गल क्षेत्रमा झण्डै ४० प्रजातिका चरा पाइने र विभिन्न प्रकारका जङ्गली जनावारसमेत पाइने हुनाले सो क्षेत्रमा गडिकोट क्षेत्रबाट प्याराग्लाइडिङ उडान गरेर पर्यटक भित्र्याउनका लागि प्याराग्लाइडिङ उडान सुरु गरिन लागेको कटारी नगरपालिकाले बताएको छ ।

    कटारी नगरपालिका–५ स्थित जङ्गल क्षेत्रमा रहेको सिमार क्षेत्र र मर्जेतपुर गडिकोट क्षेत्र नौ किलोमिटर दूरीको माथिल्लो पहाडी क्षेत्रमा अवस्थित छ ।

     कटारी बजारबाट पर्यटक सिधैँ मर्जेतपुरगढी क्षेत्र पुगेर प्याराग्लाइडिङमार्फत सिमासार क्षेत्रमा झर्नसक्ने र त्यहाँबाट सिमासार क्षेत्रको अवलोकन गर्न सक्ने गरी प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको कटारी नगरपालिकाले जनाएको छ । 

    मर्जेतपुर गढी क्षेत्रबाट सिमासार क्षेत्रसम्म उडान गरेर झर्न नौ किलोमिटरको दूरी पार गर्नुपर्ने र यसमा कुनै पनि समस्या नदेखिएकाले प्याराग्लाइडिङ उडान सफल हुने प्याराग्लाइडिङ प्राविधिक तथा क्याप्टेन दिलकुमार सुनुवारले बताए ।

     यहाँ भएको नियमित उडान परीक्षणमा कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले आफै प्याराग्लाइडिङमा उडेर उद्घाटन गरेकाे कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतले बताइन् ।

    साताको लोकप्रीय