चैतभित्र १६ वर्ष माथिका नागरिकलाई खोप लगाइसक्ने सरकारको तयारी

चैतभित्र १६ वर्ष माथिका नागरिकलाई खोप लगाइसक्ने सरकारको तयारी

अर्थ डबली
सोमवार, माघ ३ २०७८
अर्थ डबली
सोमवार, माघ ३ २०७८ (अर्काइभ बाट)
  • चैतभित्र १६ वर्ष माथिका नागरिकलाई खोप लगाइसक्ने सरकारको तयारी

    काठमाडौँ / सरकारले १६ वर्ष उमेर माथिका सबै नागरिकलाई चैतसम्म खोप लगाइसक्ने भएको छ।

    images
    images

    ओमिक्रोन संक्रमण नियन्त्रण र रोकथामका लागि आदेश जारी गर्दै सरकारले घुम्ती खोप सेवामार्फत आगामी चैत मसान्तभित्र १६ वर्ष माथिका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाइसक्ने जनाइएको छ।
     
     '१६ वर्ष माथिका उमेर समूहका सबै व्यक्तिलाई खोप केन्द्र वा घुम्ती (मोबाइल) खोप केन्द्रमार्फत् २०७८ चैत मसान्तसम्म पूर्ण मात्रामा खोप लगाइसकिनेछ,' जारी आदेशमा भनिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कुल जनसंख्याको ३९.९ प्रतिशत मानिसले पूर्ण मात्रा खोप लगाएका छन्।

    त्यस्तै ५२.१ प्रतिशत मानिसले पहिलो मात्रा खोप लगाएका छन्।

    नेपालमा हालसम्म झन्डै साढे चार करोड डोज खोप भित्रिएको छ। जसमा २ करोड ८० लाख डोज लगाइसकिएको छ।

    साताको लोकप्रीय