मुस्ताङमा पुन : हिमपात भएसँगै विद्युत् तथा यातयात अवरुद्ध

मुस्ताङमा पुन : हिमपात भएसँगै विद्युत् तथा यातयात अवरुद्ध

अर्थ डबली
शुक्रवार, माघ २१ २०७८
अर्थ डबली
शुक्रवार, माघ २१ २०७८ (अर्काइभ बाट)
  • मुस्ताङमा पुन : हिमपात भएसँगै विद्युत् तथा यातयात अवरुद्ध

    मुस्ताङ / मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको छ । 

    images
    images

    जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते, ठिनीलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ ।

     जोमसोमा आधा फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँमा १ फिटसम्म बाक्लो हिउँ जमेको छ । मुस्ताङका सबै गाउँपालिकामा विद्युत् अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय जोमसोमले जनाएको छ । 

    सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित भएको छ । 

    उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए । वर्षा र हिमपातले किसानमा भने खुशीयाली छाएको छ ।

     यो वर्ष मुस्ताङमा चौथो पटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका–२ का वडाध्यक्ष नरप्रसाद हीराचनले बताउनुभयो । 

    हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने तथा उत्पादन बढ्ने किसान बताउँछन् । 

    स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यक पर्ने भएकाले पनि हिमपात स्याउ जोनका लागि सकारात्मक भएको नाप्रस  एमुना लामाले बताउनुभयो । स्याउ, जौँ, गहुँ, उवा, फाँपर बाली सप्रने किसानको विश्वास छ । 

    साताको लोकप्रीय