दाँतको पहेंलोपन हटाउन के गर्ने ? यस्ता छन् प्राकृतिक उपाय

दाँतको पहेंलोपन हटाउन के गर्ने ? यस्ता छन् प्राकृतिक उपाय

अर्थ डबली
बुधवार, माघ २६ २०७८
अर्थ डबली
बुधवार, माघ २६ २०७८ (अर्काइभ बाट)
  • दाँतको पहेंलोपन हटाउन के गर्ने ? यस्ता छन् प्राकृतिक उपाय

    धेरै मानिसहरुको दाँत पहेँलो हुने गरेको तपाईले याद गर्नु भएको होला । तिनीहरू दैनिक ब्रस गर्छन् तर अझै पनि तिनीहरूको दाँत पहेंलो देखिन्छ।

    images
    images

    यस्तो अवस्थामा दाँतको हेरचाहलाई अलि गम्भीरतापूर्वक लिनुपर्छ । केमिकल उत्पादनको सट्टा घरेलु उपाय अपनाएर दाँत पहेलो हुने समस्यालाई निको पार्न सकिन्छ ।

    यस्ता छन् दाँतको पहेंलोपन हटाउने प्राकृतिक उपाय :-

    १. स्याऊ :-

    apple vigenar.JPG

    स्याउ स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । दैनिक स्याउ खाँदा दाँत सफा रहन्छ । एउटा स्याउ पिसेर त्यसमा सोडा मिसाएर दाँतमा लगाउनाले दाँतको पहेलोपन बिस्तारै हट्छ ।

     
    २. मनतातो पानी :-

    apple vigenar.JPG

    तातो पानी स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । कहिलेकाहीँ पेटको गर्मीले पनि दाँत पहेँलो हुने गर्छ । यसबाहेक मनतातो पानी पिउनाले दाँत सफा राख्न सकिन्छ । मनतातो पानीमा नुन मिसाएर कुल्ला गरेर दाँत सफा राख्न सकिन्छ ।

     
    ३. सुन्तला :-

    apple vigenar.JPG

    सुन्तलालाई सुन्दरता बढाउने मानिन्छ । यसका साथै यसलाई खाँदा रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । सुन्तलाको बोक्राले दाँत सफा गर्न सकिन्छ। सुन्तलाको बोक्रालाई सुकाएर धूलो बनाएर दाँत माझ्नाले दाँत सफा हुन्छ ।

    ४. स्याउ साइडर भिनेगर :-

    apple vigenar.JPG

    एप्पल साइडर भिनेगरले दाँत सेतो राख्न मद्दत गर्छ। यसलाई पानीमा मिसाएर दाँतमा रगड्दा दाँत सफा हुन्छ तर एप्पल साइडर भिनेगर दैनिक दाँतमा लगाउनु हुँदैन ।

    ५. स्ट्रबेरी :-

    straberry.JPG

    स्ट्रबेरी सलादमा मात्रै खाँदैन, दाँत बलियो बनाउन पनि स्ट्रबेरी निकै उपयोगी हुन्छ । स्ट्रबेरीलाई पिसेर लगाउनाले दाँतको पहेलोपन हटाउन सकिन्छ ।

    साताको लोकप्रीय