चार खर्ब ६८ अर्ब बराबरको विप्रेषण आप्रवाह

चार खर्ब ६८ अर्ब बराबरको विप्रेषण आप्रवाह

अर्थ डबली
बुधवार, माघ २६ २०७८
अर्थ डबली
बुधवार, माघ २६ २०७८ (अर्काइभ बाट)
  • चार खर्ब ६८ अर्ब बराबरको विप्रेषण आप्रवाह

    काठमाडौँ / चालु आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाहमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणमा यस अवधिमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई रु चार खर्ब ६८ अर्ब ४५ करोड कायम भएको छ ।

    images
    images

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई तीन अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो । 

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भई एक लाख ६७ हजार ५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८९ प्रतिशतले घटेको थियो ।

    त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भई एक लाख ३० हजार २१२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७५.५ प्रतिशतले घटेको थियो । 

    केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर ४.९ प्रतिशतले कमी आई रु पाँच खर्ब २३ अर्ब एक करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो । 

    साताको लोकप्रीय