दुर्गम गाउँमा घरघरमा खानेपानी सुविधा, स्थानीयवासी हर्षित

दुर्गम गाउँमा घरघरमा खानेपानी सुविधा, स्थानीयवासी हर्षित

अर्थ डबली
बुधवार, फागुन ४ २०७८
अर्थ डबली
बुधवार, फागुन ४ २०७८ (अर्काइभ बाट)
  • दुर्गम गाउँमा घरघरमा खानेपानी सुविधा,  स्थानीयवासी हर्षित

    रामपुर / पाल्पाको पूर्वखोला गाउँपालिकाको ‘एक घर एक धारा’ अभियानअन्तर्गत घरघरमा खानेपानी पुगेको छ । घरदैलोमै खानेपानीको सुविधा पुगेपछि स्थानीयवासी खुसी भएका छन्

    images
    images

    गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले गाउँमा खानेपानी समस्याले गाउँ छाडेर अन्यत्र जाने क्रम पनि रोकिने बताए । 

    गाउँपालिकाले पहिलो प्राथमिकता दिएर प्रदेश र संघीय सरकारको समन्वय र सहयोगमा एक घर एक धारा अभियानलाई सफल बनाउन जुटेको हो । 

    उनले गाउँपालिकाभित्र ८० प्रतिशत घरधुरीमा निजी धारा जडान गरिएको बताए ।

    सरकारी निकायसँगै गोर्खा वयलफेर ट्रस, खानेपानी सरसफाइ डिभिजन कार्यालय र  फनबोर्डले गाउँपालिकाको एक घर एक धारा अभियानामा सहयोग गर्दै आएका छन् । 

    पालिकाको वडा नंं १ सिलुवामा १६०, वडा नं २ जल्पामा १४५ र ३ रिङ्नेरहमा चारवटा खानेपानी योजनाबाट २०२ परिवारले घरमै खानेपानीको सुविधा पाएका छन् । 

    घरमै खानेपानीको सुविधा भएपछि गाउँमा तरकारी खेती बढेको छ । अहिले व्यावसायिकरूपमै फार्म दर्ता गरेर तरकारी खेतीमा लागेको उपभोक्ता टेकबहादुर बाह«घरेले बताए ।

     अधिकांश मगर बस्ती रहेको वडा नं ४ देवीनगरमा १३० घरपरिवारले नयाँ धारा जोडेका छन् । घरमै धारा भएपछि सुखको दिन आएको, बालबालिकाले पढ्न समय पाएको, गाउँमै सहरबजारजस्तै सुविधा पाएको कुमारी घर्तीमगरको भनाइ छ ।

    पूर्वखोला– ५ वीरकोटमा ९७ र वडा नं ६ हेक्लाङ्गमा १८० घरपरिवारमा नयाँ खानेपानी धारा जडान भएको जनाइएको छ । गाउँपालिकाले आउँदो असार मसान्तसम्ममा ९० प्रतिशत घरधुरीमा निजी धारा जडान गर्ने जनाएको छ ।

    साताको लोकप्रीय