शाओमीको नयाँँ आधिकारिक स्टोर इटहरीमा, नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य

शाओमीको नयाँँ आधिकारिक स्टोर इटहरीमा, नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य

अर्थ डबली
बुधवार, फागुन ४ २०७८
अर्थ डबली
बुधवार, फागुन ४ २०७८ (अर्काइभ बाट)
  • शाओमीको नयाँँ आधिकारिक स्टोर इटहरीमा, नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य

    काठमाडौँ / ग्लोबल टेक्नोलोजी लिडर शाओमीले सुनसरीको ईटहरीमा आफ्नो नयाँ आधिकारिक स्टोर सञ्चालनमा ल्याएको छ । 

    images
    images

    अरुण एण्ड ब्रदर्स प्रा.लि. सँग सहकार्य गरेर धरान रोड स्थित गोर्खा डिपार्टमेन्ट स्टोर नजिकै रहेको जय नेपाल होटलको भवनमा शाओमीले आफ्नो नयाँँ स्टोर खोलेको हो । आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्देश्यसहित ब्राण्डले नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ ।

    शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, “यो  नयाँँ स्टोर खुलेपछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्देश्य पनि पुरा हुनेछ । हामीलाई आशा छ हाम्रा ग्राहकहरू हाम्रो यो नयाँँ स्टोरमा आउनुहुनेछ र हाम्रो नयाँँ–नयाँँ उत्पादनहरू मन पराउनुहुनेछ ।”

    news.JPG

    यो मोडलले नेपालमा नयाँँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकहरुलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ । यो नयाँँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरू जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् । 

    xiomi news.JPG

    यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरू शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुन्छ । जसको फलस्वरुप मिको ग्राहकहरूले थुप्रै फाईदाहरू लिन सक्नेछन् । रिटेल प्रकृयाको हरेक चरणमा उनीहरुले ब्रान्डसँग सिधै अन्तर्क्रिया  गर्न पाउनेछन् । यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुनेछ ।

    साताको लोकप्रीय