स्पेनिस ला लिगा : बार्सिलोनाको सानदार जित

स्पेनिस ला लिगा : बार्सिलोनाको सानदार जित

अर्थ डबली
सोमवार, फाल्गुण ९ २०७८
अर्थ डबली
सोमवार, फाल्गुण ९ २०७८ (अर्काइभ बाट)
  • स्पेनिस ला लिगा : बार्सिलोनाको सानदार जित

    म्याड्रिड / पिएरे इमरिक औवामियाङले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा ४–१ गोलले हरायो ।

    images
    images

    बार्सिलोनाको जितमा औवामियाङले ह्याट्रिकसँगै अर्को गोल फ्रान्की डि जोङले गरे । भ्यालेन्सियाका कार्लाेस सोलेरले एक गोल फर्काए । २३औँ मिनेटमा औवामियाङले जोर्डी अल्वाको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । ३२औं मिनेटमा फ्रान्की डि जोङले औसमाने डेम्वेलेको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

    ३८औं मिनेटमा औवामियाङले गाभीको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता थप बलियो बनाए । ५२औं मिनेटमा सोलेरले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गरे । तर ६३औं मिनेटमा औवामियाङले पेड्रीको पासमा ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाले फराकिलो जित निकालेको थियो । ६४ प्रतिशत बल पोसेसन राखेको बार्सिलोनाले खेलभर घरेलु टोलीलाई दबाबमा राख्यो । औवामियाङ ‘म्यान अफ दि म्याच’ भए ।

    जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २४ खेलबाट ४२ अंक बनाएको छ । समान ४२ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा पाँचौं स्थानमा छ । पराजित भ्यालेन्सिया ३० अंक सहित १२औं स्थानमा छ ।

    आइतबार रातिनै भएको अर्को खेलमा दोस्रो स्थानको सेभिया स्पान्योलसँग १–१ गोलको बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको सेभियाले सुरुवाती गोल गरेपनि जोगाउन सकेन । राफा मिरले ३६औं मिनेटमा गोल गर्दै सेभियालाई अग्रता दिलाए ।

    स्पान्योलका सर्गी डारडेरले ५०औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । मिनेटमा जुलेस कोउनडे रातो कार्ड पाउँदै बाहिरिएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो । स्पान्योलले त्यसको फाइदा उठाउन भने सकेन ।

    बराबरीसँगै दोस्रो स्थानमा यथावत रहेको सेभियाको २५ खेलबाट ५१ अंक छ । सेभिया शीर्षटोली रियल म्याड्रिडभन्दा ६ अंकले पछाडि छ । रियलको ५७ अंक छ । २९ अंक बनाएको स्पान्योल १४औं स्थानमा छ । अर्को खेलमा रियल बेटिसले मालोर्कालाई २–१ गोलले हरायो । जितसँगै तेस्रो स्थानमा रहेको बेटिसको २५ खेलबाट ४६ अंक पुगेको छ । पराजित मालोर्का २६ अंक सहित १६औं स्थानमा छ ।

    घरेलु मैदानमा एथलेटिक बिल्बाओले रियल सोसिडाडलाई ४–० गोलले पराजित गरेको छ । जितसँगै ३७ अंक बनाएको बिल्बाओ आठौं स्थानमा छ । पराजित सोसिडाड ३८ अंक सहित सातौं स्थानमा छ ।

    विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

    ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

    त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

    साताको लोकप्रीय