कोरोना अपडेट : थप १८० जनामा संक्रमित पुष्टि, ४०० जना संक्रमणमुक्त

कोरोना अपडेट : थप १८० जनामा संक्रमित पुष्टि, ४०० जना संक्रमणमुक्त

अर्थ डबली
सोमवार, फागुन १६ २०७८
अर्थ डबली
सोमवार, फागुन १६ २०७८ (अर्काइभ बाट)
  • कोरोना अपडेट : थप १८० जनामा संक्रमित पुष्टि, ४०० जना संक्रमणमुक्त

    काठमाडौँ / पछिल्लो २४ घण्टामा देशभर १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ३४१ जनामा नमुना परीक्षण भएकामा १८० जनामा संक्रमण पुष्टि भएको हो । 

    images
    images

    यस्तै, पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९३६ पुगेको छ ।

    सोही अवधिमा ४०० जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७६ हजार ९८४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ३८७ जना पुगेको छ । 

    संक्रमितमध्ये हालसम्म ९ लाख ५६ हजार ४१३ जना निको भएका छन् । हाल देशभर ८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् । 

    साताको लोकप्रीय