नेपाली युवा होइन कृषि उत्पादन खाडी पठाउने दिन आउनु पर्छ : सिइओ शाह 

नेपाली युवा होइन कृषि उत्पादन खाडी पठाउने दिन आउनु पर्छ : सिइओ शाह 

अर्थ डबली
शुक्रवार, चैत ४ २०७८
अर्थ डबली
शुक्रवार, चैत ४ २०७८ (अर्काइभ बाट)
  • नेपाली युवा होइन कृषि उत्पादन खाडी पठाउने दिन आउनु पर्छ : सिइओ शाह 

    काठमाडौँ / नविल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहले  कृषि वस्तुको उत्पादन, भण्डारण र बिक्री वितरणमा बैंकहरूले लगानी बढाउनु पर्ने र कृषिवस्तुको प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । 

    images
    images

    एशियामै पहिलो पटक आयोजना हुन लागेको ‘कृषि कर्जा मेला’को जानकारी दिन गत सोमबार आयोजना गरिएको पत्रका सम्मेलनमा उनले यस्तो बताएका हुन् । 

    हजारौं युवाहरु जहाज चढेर विदेश जाँदा जहाजको कार्गो खाली हुने बताउँदै उनले त्यसमा नेपालको कृषि उत्पादन भरेर खाडी मुलुक पठाउनु पर्ने बताए ।

    “कृषि प्रधान देश तथा मेरो बुबाआमा कृषक भन्न हामी लजाउँछौं तर कृषि र कृषकमा सम्पूर्ण नेपालीले गर्व गर्ने दिन आउनुपर्छ,” सिइओ शाहले भने । 

    यसअघि बैंकहरू घर, जग्गा र मोटर कर्जामै रमाइरहे पनि हाल कृषि क्षेत्रमा लगानी बढाइरहेको उनले बताए । 

    नेपालको माटो नै उर्वर रहेको भन्दै उत्पादन हुनलाई मेहनत नै नचाहिने उनले बताए । यस्तो उर्वर माटोलाई पूर्ण सदुपयोग गर्नुपर्ने उनको भनाई थियो । 

    यो मेलाले कृषक र उद्यमीहरुलाई सहज बनाउने उनले अपेक्षा गरे । मेलामा नयाँ सोच, सीप, ज्ञान, जाँगर भएका व्यक्तिहरुलाई स्वागत गर्न आफू आतुर भएको पनि उनले बताए । 

    आर एण्ड डी इनोभेटिभ सोलुसन प्रा.लि. र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमा चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुन लागेको हो । 

    मेलाको मुख्य प्रायोजकको रूपमा नबिल बैंक लिमिडेट र कृषि विकास बैंक रहेका छन् । सहयोगी संस्थाहरुमा बैंकर्स एसोसिएसन, शिखर इन्सुरेन्स, फोन पे र डेभलपमेन्ट एलायन्स नेपाल रहेका छन् । मेलाको रिसर्च पार्टनरको रूपमा थ्री एस फाउन्डेशन रहेको छ । 

    साताको लोकप्रीय