दिल्लीको बजेट भारतको पहिलो ‘रोजगार बजेट’ केजरीवालको दावी

दिल्लीको बजेट भारतको पहिलो ‘रोजगार बजेट’ केजरीवालको दावी

अर्थ डबली
मंगलवार, चैत १५ २०७८
अर्थ डबली
मंगलवार, चैत १५ २०७८ (अर्काइभ बाट)
  • दिल्लीको बजेट भारतको पहिलो ‘रोजगार बजेट’ केजरीवालको दावी

    नयाँ दिल्ली / दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार रोजगारीलाई केन्द्रविन्दु रूपमा राख्दा दिल्लीको बजेट देशकै पहिलो ‘रोजगार बजेट’ भएको बताएका छन् । 

    images
    images

    सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “रोजगारी निर्वाचन प्रचारका क्रममा मात्र चर्चा हुने विषय थियो, त्यसपछि त्यो विषयलाई कसैले सम्बोधन गर्दैनथे । स्वतन्त्र भएयता पहिलो पटक दिल्लीमा रोजगारीलाई मुख्य केन्द्रबिन्दु बनाएर बजेट बनाइएको छ ।”

    उनले थपे, “यो हाम्रो स्वतन्त्र भारतको पहिलो ‘रोजगार बजेट’ हो । शिक्षित युवाहरूले अझै पनि जागिरको लागि संघर्ष गरिरहेका छन् र बितेका केही वर्षमा विद्युतीकरण, राजस्व सङ्कलन र महामारीले गर्दा रोजगारीको परिदृश्य झनै खराब भएको छ ।”

    ‘देशप्रतिको प्रेम, इमान्दारिता र मानवता आम आदमी पार्टीको मुख्य आदर्श रहेको उनले बताए । दिल्लीका वित्त मन्त्री सिसोदियाले २०२२–२३ का लागि ७५।८ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । गत वर्षको बजेट ६९ करोड रूपैँयाको थियो ।

    साताको लोकप्रीय