महालक्ष्मी बैंकको परासी शाखा स्थानान्तरित, थप गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता

महालक्ष्मी बैंकको परासी शाखा स्थानान्तरित, थप गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता

अर्थ डबली
शुक्रवार, चैत २५ २०७८
अर्थ डबली
शुक्रवार, चैत २५ २०७८ (अर्काइभ बाट)
  • महालक्ष्मी बैंकको परासी शाखा स्थानान्तरित, थप गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता

    काठमाडौँ / “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका – ५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ । 

    images
    images


    आज चैत्र २५ गते शुक्रबार आयाजित एक विशेष कार्यक्रमका बिच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा यस बैंकका सञ्चालक श्री राहुल अग्रवालज्यू र पुर्व गृह राज्य मन्त्रि  देवेन्द्र राज कंडेल गरेका हुन् । शाखाको उद्घघाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । 

    उक्त कार्यक्रममा पाल्नु भएका महानुभावहरुलाई यस बैंकका सञ्चालक श्री राहुल अग्रवालज्यूले कृतज्ञता ज्ञापन गरे । बैँकका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत श्री दिपेश लम्सालले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिबिधिहरु बारे प्रकाश पारे । 

    उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।

     सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक श्री कृष्ण बहादुर गुरुङले जनाएका छन् । 

    यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । 

    बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र Dollar card जारी गरीसकेको छ । समग्रमा अजष्उ दchips based travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको छ । 

    साताको लोकप्रीय