हरियो फर्सी, भिण्डी, तितेकरेला २० रुपैयाँ प्रतिकेजी, मुढेको आलु ३५, भारतको ४० रुपैयाँ, आजको तरकारी भाउ

हरियो फर्सी, भिण्डी, तितेकरेला २० रुपैयाँ प्रतिकेजी, मुढेको आलु ३५, भारतको ४० रुपैयाँ, आजको तरकारी भाउ

अर्थ डबली
बिहिवार, जेठ २६ २०७९
अर्थ डबली
बिहिवार, जेठ २६ २०७९ (अर्काइभ बाट)
  • हरियो फर्सी, भिण्डी, तितेकरेला २० रुपैयाँ प्रतिकेजी, मुढेको आलु ३५, भारतको ४० रुपैयाँ, आजको तरकारी भाउ

    काठमाडौँमा,  आज विहिबार जेठ २६ गतेका दिन ठूलो गोलभेँडाको प्रतिकेजी ७० रुपैया रहेको छ । सानो लोकल गोलभेँडाको ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तैगरी टनेलको गोलभेँडा भने ५० रुपैयाँ रहेको छ ।  

    images
    images

    कालीमाटी फलफूल र तरकारी बजार विकास समितिले तोकेको बजार भाउ अनुसार  हरियो फर्सी २०, भिण्डी २०, तितेकरेला २० रुपैयाँ प्रतिकेजी रहेको छ । अझै चिचिण्डो भने १५ रुपैयाँ प्रतिकेजीमै पाइन्छ । तर, रातो आलु ४० रुपैयाँ, भारतीय चाही ३८ रुपैयाँ, मुडेको ३५ रुपैयाँ रहेको छ । यो समितिले तोकेको न्युनतम मूल्यसूचि अनुसार हो । 

    अधिकतम मूल्य र खुद्रा बजारमा किन्नुपर्दा केही फरक पर्न आउनेछ । यस्तैगरी स्थानिय काउली ८० रुपैयाँप्रतिकेजी, ज्यापू काउली पनि ८० रुपैयाँ नै रहेको छ । 

    सेतो मुला ४० रुपैयाँ केजी रहेको छ भने तने बोडी ३० रुपैयाँ केजी रहेको छ । भटमास ६० रुपैयाँ केजी, लौका ४० रुपैयाँ, परवर ४० रुपैयाँ, चिचिण्डो १५, घिरौला ३०, तोरीको साग ३० रुपैयाँ रहेको छ ।
     यस्तैगरी डल्ले च्याउ ४०० रुपैयाँ केजी, कन्य च्याउ १८० रुपैयाँ र चुकुन्दर ७० रुपैयाँ रहेको छ । गुन्द्रक केजीको २५०, कागती ३५०,  रुपैयाँ रहेको छ ।  

    kalimati tarkari.jpg

    kalimati.jpg

    kalimati falful.jpg

    साताको लोकप्रीय