सुनको भाउ प्रतितोला ५०० रुपैयाँ बढ्यो, चाँदीको स्थिर 

सुनको भाउ प्रतितोला ५०० रुपैयाँ बढ्यो, चाँदीको स्थिर 

अर्थ डबली
बिहिवार, जेठ २६ २०७९
अर्थ डबली
बिहिवार, जेठ २६ २०७९ (अर्काइभ बाट)
  • सुनको भाउ प्रतितोला ५०० रुपैयाँ बढ्यो, चाँदीको स्थिर 

    काठमाडौँ / बिहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर ९८ हजार रुपैयाँमा कारोबार हुनेछ । यसअघि छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको थियो ।

    images
    images


    त्यस्तै, यसअघि ९७ हजार रुपैयाँ रहेको तेजावी सुनलाई आज ९७ हजार ५०० रुपैयाँ रहेको छ । यता, चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार हुनेछ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    साताको लोकप्रीय