काठमाडौं मेट्रो र सिटी एक्सप्रेसबीच सम्झौताः कार्यालयको शौचालय सार्वजनिक रुपमा प्रयोग हुने         

काठमाडौं मेट्रो र सिटी एक्सप्रेसबीच सम्झौताः कार्यालयको शौचालय सार्वजनिक रुपमा प्रयोग हुने         

अर्थ डबली
बिहिवार, आषाढ २ २०७९
अर्थ डबली
बिहिवार, आषाढ २ २०७९ (अर्काइभ बाट)
  • काठमाडौं मेट्रो र सिटी एक्सप्रेसबीच सम्झौताः कार्यालयको शौचालय सार्वजनिक रुपमा प्रयोग हुने         

    काठमाडौँ / सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादी, काठमाडौँ स्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशु्ल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ । 

    images
    images

    काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पु‍र्याउनको लागि होटल तथा अन्य संस्थाहरुलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो । 

    सोही निर्णय बमोजिम सिटी एक्सप्रेस मनी ट्रान्सफरले ऐक्यवद्धता जनाउदै आफ्नो प्रमुख कार्यलयको भुइतल्लामा अवस्थित शौचालयलाई निःशुल्क रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिइने भएको छ । 

    काठमाडौ महानगर प्रहरी बलका प्रमुख धनपती सापकोटाद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफरका चिफ बिजनेस अफिसर श्याम लामिछानेलाई संकेत बोर्ड हस्तान्तरण गरिएको थियो ।  

    सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै बिगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

    आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ । 

    साताको लोकप्रीय