भारतद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान

भारतद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान

अर्थ डबली
आइतवार, आषाढ १९ २०७९
अर्थ डबली
आइतवार, आषाढ १९ २०७९ (अर्काइभ बाट)
  • भारतद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान

    काठमाडौँ / भारत सरकारले अनुदान सहायता स्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ ।  

    images
    images

    आईतवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरुमा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो । 

    नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामुलक संस्थाहरुलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दुतावासले जनाएको छ । 

    एम्बुलेन्स र बस प्रदान गरिएको कार्यक्रममा नेपालका ागि भारतीय राजदुत नवीन श्रीवास्तव सहभागी थिए । श्रीवास्तवले सम्बन्धित विभिन्न बस र एम्बुलेन्स प्रदान गरिएका संस्थालाई चाबी प्रदान गरेका थिए । 

    यो सहयोग भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा प्रदान गरिएको हो । कार्यक्रममा मन्त्री पौडेल र नेपालका लागि भारतीय रादजुत श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बलियो र सहयोगीपूर्ण हुने उल्लेख गरेका थिए । 

    भारतले सन १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न संस्थाहरुलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

    साताको लोकप्रीय