बालेन र हर्कलाई दीपकराज गिरीको व्यङ्ग्य : लठ्ठी जुधाएर भाँच्यौ भने के टेक्छौ ?

बालेन र हर्कलाई दीपकराज गिरीको व्यङ्ग्य : लठ्ठी जुधाएर भाँच्यौ भने के टेक्छौ ?

अर्थ डबली
शुक्रवार, भदौ ३ २०७९
अर्थ डबली
शुक्रवार, भदौ ३ २०७९ (अर्काइभ बाट)
  • बालेन र हर्कलाई दीपकराज गिरीको व्यङ्ग्य : लठ्ठी जुधाएर भाँच्यौ भने के टेक्छौ ?

    काठमाडौँ / समसामयिकदेखि राजनीतिक विषयमा विचारहरु व्यक्त गर्न माहिर अभिनेता दीपकराज गिरी जसले बेलाबेला विभिन्न विषयलाई लिएर  सामाजिक सञ्जालमा आफ्नो विचारहरु व्यक्त गर्ने गरेका छन् ।

    images
    images

    केही दिनदेखि सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्कराज राई साम्पाङबीच घोचपेच र व्यंग्यको लहर चलिरहेको छ । 

    यसबारे सामाजिक संजालमा अहिले धेरै नै बहस चलिरहेको छ । यस विषयमा राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्म बहसमा उत्रिरहेका छन् ।

    मेयर बालेन्द्र साह र हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक निराश बनेका छन् । काठमाडौं आएर मेयर साम्पाङ धरान फर्केपछि उनीहरुबीच घोचपेच र व्यंग्य चलिरहेको छ । 

    काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर र यसको व्यवस्थापनका विषयमा उनीहरुबीच घोचपेच चलेको हो । ‘काठमाडौंको फोहोर नउठाएसम्म चारैतर्फबाट प्रहार गर्नुपर्छ,’ सामाजिक सञ्जालमार्फ मेयर साम्पाङले पछिल्लो पटक भनेका छन् । 

    यी दुई मेयरको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक निराश बनेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनीहरुले ‘लौरो’ चुनाव चिह्न पाएका थिए । सोही चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारको रुपमा उनीहरु निर्वाचित भएका हुन् । 

    उनीहरुबीचको घोचपेच र व्यंग्यले जनताको साथ र समर्थन गुम्ने आसयसहित कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकबाटै बालेन र साम्पाङलाई सचेत गराएका छन् । कलाकार गिरीले फेसबुकमा लेखेका छन्, ‘ लठ्ठी टेक्ने हो, आपत पर्दा बजाउने पनि हो, लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?’

    साताको लोकप्रीय