मौसम विभाग भन्छ– पानी बोकेको बायु उत्तरतर्फ पर्याप्त मात्रामा प्रवेश नगर्दा यसवर्ष कम वर्षा 

मौसम विभाग भन्छ– पानी बोकेको बायु उत्तरतर्फ पर्याप्त मात्रामा प्रवेश नगर्दा यसवर्ष कम वर्षा 

अर्थ डबली
बुधवार, भाद्र ८ २०७९
अर्थ डबली
बुधवार, भाद्र ८ २०७९ (अर्काइभ बाट)
  • मौसम विभाग भन्छ– पानी बोकेको बायु उत्तरतर्फ  पर्याप्त मात्रामा प्रवेश नगर्दा यसवर्ष कम वर्षा 

    नेपालको अधिकांश भूभागमा यस वर्ष औसतभन्दा कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    images
    images

    वर्ष मनसुन सुरु भएपछि अहिलेसम्म काठमाडौँ उपत्यकासहित देशको पूर्वी क्षेत्रमा औसत वर्षा भएपनि मधेश प्रदेश र काठमाडौँ उपत्यका पश्चिमतर्फको अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा भएको छ ।
     
    यसवर्ष मनसुनी न्यूनचापीय रेखा अधिकांश समय सरदरभन्दा दक्षिण कोलकोता तल रहँदा जलवाष्पयुक्त वायु पर्याप्त मात्रामा उत्तरतर्फ प्रवेश नगर्दा नेपालमा वर्षा कम भएको विभागका मौसमविद् हीरा भट्टराईले बताए । 
     
    काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रका केही स्थानमा सरदरभन्दा बढी वर्षा भए पनि अघिल्ला वर्षमा जस्तो देशभर चार–पाँच दिनसम्म लगातार झरी नपरेको मौसमविद् सञ्जिव अधिकारीले बताए । 

    नेपालमा सामान्यतया जेठ अन्तिमदेखि मध्यअसोजसम्म करिब ११० दिन मनसुनी हावा प्रवेश भई वर्षा हुने विभागले जनाएको छ ।

    साताको लोकप्रीय