जब घर पछाडि भेटियो सर्वाधिक ठूलो डाइनासोरको अवशेष...

जब घर पछाडि भेटियो सर्वाधिक ठूलो डाइनासोरको अवशेष...

अर्थ डबली
शुक्रवार, भदौ १७ २०७९
अर्थ डबली
शुक्रवार, भदौ १७ २०७९ (अर्काइभ बाट)
  • जब घर पछाडि भेटियो सर्वाधिक ठूलो डाइनासोरको अवशेष...

    पोर्चुगलको पोम्बल शहरमा बस्ने एक व्यक्तिलाई आफ्नो घर पछाडि केही संरचना बनाउन मन लाग्यो । उनले जग बनाउनका लागि खन्न सुरु गरे ।

    images
    images

    खन्दै गर्दा उनले अचम्मका र निकै ठूल्ठूला हड्डी देखे । उनी हैरान भए । उनले तत्काल लिस्बन युनिभर्सिटीका वैज्ञानिकलाई त्यसको फोटो पठाएर जानकारी दिए । विश्वविद्यालयका पुरातत्वविद् उक्त स्थानमा पुगे र तत्काल उत्खनन कार्य सुरु गरे ।

    यस महिनाको सुरुवातमा स्पेन र पोर्चुगलका प्यालियोन्टोलोजिस्टले उत्खनन काम पूरा गरे । काम पूरा हुनेबित्तिकै उनीहरु चकित परे किनभने जुन अवशेष भेटिएको छ त्यो ८२ फिट लामो छ । यो त्यो डाइनासोरको कंकाल हो जुन १४.५ करोड वर्ष अघि धर्तीमा भएको अनुमान गरिन्छ ।

    अर्थात् युरोपमा हालसम्म भेटिएको विश्वको सबैभन्दा ठूलो डाइनासोर । यसअघि कुनै पनि युरोपेली देशमा यति ठूलो डाइनासोरको अवेशष भेटिएको थिएन ।

    पुरातत्वविद्ले अनुसन्धानपछि यो सारोपड प्रजातिको डाइनासोरको कंकाल भएको बताएका छन् । यो चार खुट्टा भएका डाइनासोर शाकाहारी थिए । यिनीहरुले बोट बुट्यान खाने गर्दथे । यसको गर्धन लामो हुन्थे ।

    वास्तवमा यो उत्खनन कार्य पाँच वर्षअघि सुरु भएको थियो । तर बीचमा कोभिडका कारण यो काम रोकिएको थियो ।

    वैज्ञानिकले दिएको जानकारी अनुसार यहाँ जुन डाइनासोरको कुरा भइरहेको छ, ती १० करोड वर्षदेखि १६ करोड वर्षसम्म धर्तीमा घुम्ने गर्दथे ।

    यो त्यहि समय थियो जब उत्तरी अमेरिकामा ब्राचियोसरस अल्टिथोरेक्स र अफ्रिकामा जिराफटिट्यान ब्रान्काई घुम्ने गर्दथे । त्यतिबेला पोर्चुगलको पश्चिमी इलाकामा लुसोटिटेन अटलेन्सिस पनि थिए ।

    जुन अवशेष भेटियो त्यसको अनुसन्धान गरेपछि वैज्ञानिकले डाइनासोरको उचाई १२ मिटर र लम्बाई २५ मिटर भएको जानकारी दिएका छन् ।

    लिस्बन युनिभर्सिटीमा पोस्टडक्टरल रिसर्चर एलिसाबेटे मालाफियाले यसलाई एउटा निकै ठूलो विचित्र खोज बताएकी छिन् ।

    उनले भनिन्, ‘यो कंकाल जुन अवस्थामा भेटिएको छ, त्यसमार्फत् हामी उक्त डाइनासोरको थ्रीडी बडी स्ट्रक्चर बनाउन सक्छौँ । उसको शरीरको आन्तरिक हिस्साको नक्सा तयार पार्न सक्छौँ ।’

    एलिसाबेटेले यो जिवाश्मलाई लिस्बन युनिभर्सिटी लगिनेसमेत जानकारी दिइन् । उनले भनिन्, ‘यसलाई सुरक्षित तरिकाले राख्न, यसबारे अन्य विभिन्न खालका अध्ययन गर्नका लागि हामीले यसलाई लिस्बन युनिभर्सिटी लैजान लागेका हौँ ।

    हाल यसको शरीरका ठूला हड्डीलाई सुरक्षित तरिकाले पुर्याइसकिएको छ । यसका करङ र पिठ्यूँका हड्डी युनिभर्सिटी पुगिसके । त्यसपछि साना हड्डी पुर्याइनेछन् ।

    यसलाई युनिभर्सिटीमा त्यसै क्रममा राखिनेछ जुन क्रममा भेटिएका थिए । त्यसपछि हामी आसपासका इलाकामा उत्खनन कार्य गर्नेछौँ ।’

    वैज्ञानिकका अनुसार केही हिस्सा यस्ता छन् जसलाई प्रयोगशालाको रुपमा हेरिन आवश्यक छ । यहाँका माटो र धुलोको कण निकालेर अनुसन्धान गर्नुपर्छ । यो खोज सारोपोड्स डाइनासोरबारे अध्ययन गर्नका लागि निकै जरुरी भएको वैज्ञानिकले बताएका छन् ।

    साताको लोकप्रीय