फिलिपिन्समा बार्षिक मृत्युदर ४३ प्रतिशतले बृद्धि

फिलिपिन्समा बार्षिक मृत्युदर ४३ प्रतिशतले बृद्धि

अर्थ डबली
बिहिवार, भदौ २३ २०७९
अर्थ डबली
बिहिवार, भदौ २३ २०७९ (अर्काइभ बाट)
  • फिलिपिन्समा बार्षिक मृत्युदर ४३ प्रतिशतले बृद्धि

    फिलिपिन्समा बार्षिक मृत्यु दर ४३ प्रतिशतको दरले बृद्धि भएको पाइएको छ । गत सन् २०२१ मा आठ लाख ७९ हजार ४२९ जनाको मृत्यु भएको विवरण सरकारी अधिकारीहरुले बुधबार सार्वजनिक गरेका छन् । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरुको दावी छ । 

    images
    images

    अघिल्ला बर्षहरुको तुलनामा सन् २०२१ मा यति धेरै मानिसको मृत्यु हुनुमा कोरोना भाइरसको महामारी नै मुख्य कारण रहेको अधिकारीहरूले जनाएका छन् । 

    फिलिपिन्सको तथ्याङ्क प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सामान्यतयाः अन्य बर्षहरुमा एकदेखि पाँच प्रतिशतसम्म मृत्युदर बृद्धि हुने गरेको थियो ।

    यसअघि सन् २०१९ मा छ लाख २० हजार ४१४ जनाको मृत्यु भएको थियो । त्यसका आधारमा दैनिक औसतमा एक हजार सात सयको मृत्यु हुने गरेको देखिएको थियो । त्यो दैनिक औसत सङ्ख्या सन् २०२१ मा भने दुई हजार चार सयभन्दा बढी देखिएको छ । 

    मृत्युको मुख्य कारण कोरोना भाइरस नै भएपनि अन्य रोगहरुका कारणले मृत्यु हुनेहरुको सङ्ख्या पनि धेरै देखिएको छ । दोस्रो धेरैमा हृदयघात देखिएको छ भने मस्तिष्कघात, मधुमेह, मानसिक तनाव लगायतका कारणले पनि धेरैको मृत्यु हुने गरेको पाइएको छ ।

    साताको लोकप्रीय