चीनले आफ्नो  बजार सबै माझ सार्वजनिक गर्ने

चीनले आफ्नो  बजार सबै माझ सार्वजनिक गर्ने

अर्थ डबली
शुक्रवार, कार्तिक १८ २०७९
अर्थ डबली
शुक्रवार, कार्तिक १८ २०७९ (अर्काइभ बाट)
  • चीनले आफ्नो  बजार सबै माझ सार्वजनिक गर्ने

    चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार प्राप्त अवसरहरू सबैसँग पुर्याउँन चीनले सबै देश र पक्षहरूसँग मिलेर काम गर्ने बताएका छन् । 

    images
    images
    images

    पाँचौं चिनियाँ अन्तरराष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै  राष्ट्रतपति सीले उक्त टिप्पणी गरेका हुन् । 

    ‘हामी बलियो घरेलु बजारको विकास गर्ने, वस्तुको व्यापारलाई स्तरोन्नति गर्ने, सेवाको व्यापारका लागि नयाँ संयन्त्रको विकास गर्ने र गुणस्तरीय वस्तुहरू आयात गर्ने प्रयासलाई थप तीव्र पार्नेछौं,’ सीले भने । 

    सिल्क रोड ई–कमर्स सहकार्यका लागि पाइलट जोनहरू स्थापना गर्ने र सेवामा व्यापारको नवीन विकासका लागि राष्ट्रिय प्रदर्शन क्षेत्रहरू निर्माण गर्ने, व्यापारमा नवप्रवर्तनलाई प्रोत्साहित गर्न र उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहकार्यलाई प्रवर्द्धन गर्न प्रयास गरिने पनि उनले बताएका छन् । 

    साताको लोकप्रीय