ट्वीटरका कर्मचारीलाई एलन मस्कको चेतावनी– कडा परिश्रम गर्नुहोस् नत्र निस्किएर जानुपर्ला ! 

ट्वीटरका कर्मचारीलाई एलन मस्कको चेतावनी– कडा परिश्रम गर्नुहोस् नत्र निस्किएर जानुपर्ला ! 

अर्थ डबली
बिहिवार, मंसिर १ २०७९
अर्थ डबली
बिहिवार, मंसिर १ २०७९ (अर्काइभ बाट)
  • ट्वीटरका कर्मचारीलाई एलन मस्कको चेतावनी– कडा परिश्रम गर्नुहोस् नत्र निस्किएर जानुपर्ला ! 

    अमेरिकी प्राविधिक व्यवसायी एलोन मस्कले ट्वीटरका कर्मचारीहरूलाई कम्पनीमा कडा परिश्रम गर्न तयार नभए उक्त पदको कार्यबाट राजीनामा दिन तयारी हुनुपर्ने इमेल लेखेर अल्टिमेटम दिएका छन्।

    images
    images

    उनले आफ्ना कर्मचारीहरुलाई ट्विटरलाई नयाँ स्वरुपमा ल्याउनका लागि ‘हार्डकोर’ काम गर्न वा त्यसो नभगरेमा निस्किएर जानुपर्ने हुनसक्ने सन्देश दिएका छन् ।

    यस विषयमा प्रकाशित एक रिपोर्टमा अमेरिकी अखबार वासिङ्टन पोस्टले मस्कले आफ्ना कर्मचारीलाई बिहीबारसम्म कडा मेहनत गर्ने वा जागिर छाड्ने निर्णय गर्न भनेका छन् ।

    मस्कले आफ्नो मेलमा ट्वीटरलाई आगामी दिनमा सफल बनाउन निकै कडा परिश्रम गर्नुपर्ने पनि बताएका छन्, जसको अर्थ धेरै मिहिनेतका साथ लामो समयसम्म काम गर्नु पर्छ  । जसअनुसार  केवल उत्कृष्ट कार्यसम्पादनले मात्र मानिसहरूलाई आफ्नो पदमा रहन सर्त हुनेछ।

    ‘ट्वीटर अहिले निकै कठिन र चुनौतीपूर्ण मुडमा छ। ट्वीटरलाई उन्नत बनाउन सहयोग नगर्ने मनस्थिति बनेको भए खबर गर्नु। तीन महिनाको सेवा सुविधा दिएर बिदा गरिनेछ,’ मस्कले पठाएको इमेल उद्दृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ।

    करिब ४४ बिलियन डलरमा ट्विटर खरिद गरेदेखि, मस्कले कम्पनीमा धेरै संरचनात्मक परिवर्तनहरू गर्दै आएका छन्। यसमा ट्विटरको निलो टिक प्रमाणीकरणको लागि चार्ज गर्ने नीति पनि समावेश छ।

    मस्कले आगामी दिनमा फेरि एकपटक ब्लू ट्विटर लन्च गर्न लागेका छन् । उनले यी परिवर्तनहरू अघि, ७ हजार ५ सय कर्मचारी कटौती गर्ने बताएका थिए। हालसम्म उनले ३ हजार ७ सय कर्मचारीलाई बिदा गरिसकेका छन्।त्यस्तै, कम्पनीलाई प्राप्त हुने विज्ञापनहरुमा पनि कमि आएको छ ।

    कम्पनीलाई दैनिक ४० लाख अमेरिकी डलर नोक्सान भइरहेको कम्पनीका मालिक मस्कले जनाएका छन् । सँगै ट्विटरको प्रमाणिकरणको विषयमा भएको परिवर्तनलाई पनि ठूलो परिवर्तन मानिएको छ ।

    साताको लोकप्रीय