गोर्खाज फाइनान्सको विरगंज शाखा उद्घाटन, प्राथमिकता प्राप्त क्षेत्रमा लगानी वृद्धि गर्ने योजना

गोर्खाज फाइनान्सको विरगंज शाखा उद्घाटन, प्राथमिकता प्राप्त क्षेत्रमा लगानी वृद्धि गर्ने योजना

अर्थ डबली
आइतवार, पुस ३ २०७९
अर्थ डबली
आइतवार, पुस ३ २०७९ (अर्काइभ बाट)
  • गोर्खाज फाइनान्सको विरगंज शाखा उद्घाटन, प्राथमिकता प्राप्त क्षेत्रमा लगानी वृद्धि गर्ने योजना

    काठमाडौं / गोर्खाज फाइनान्स लिमिटेडको स्थानान्तरित विरगंज शाखा शुक्रवार एक कार्यक्रमका बिच उद्घाटन भएको छ । 

    images
    images

    कार्यक्रम वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राई र नेपाल राष्ट्र बैंकका निर्देशक एवं वीरगंज शाखा प्रमुख राजन देव भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका थिए  । 

    कार्यक्रममा मन्तव्य राख्दै वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल एवं निर्देशक भट्टराईले वित्तीय संस्थालाई उत्पादनशील क्षेत्रमा कर्जा लगानी वृद्धि गरि समाजमा रोजगारी श्रृजना गर्न अनुकरणीय भुमिका खेल्न आग्रह गरे । 

    वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले स्वागत मन्तव्य राख्दै शुरु भएको कार्यक्रममा अध्यक्ष राईले संस्थाको भावी रणनीति एवं योजनाहरु राख्दै समापन भएको थियो ।


    फाइनान्सको हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा जोखिम न्युनिकरण गर्दै प्राथमिकता प्राप्त क्षेत्रमा लगानी वृद्धि गर्ने योजना बनाएको छ । 


    प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेका अनुसार मुलुकको समृद्धिका लागि फाइनान्स कम्पनीले महत्वपूर्ण योगदान दिन सक्ने आर्थिक क्षेत्र चलायमान बनाउन सक्ने बताए । 
       

    साताको लोकप्रीय