एलजीको एयर सोलुसन्स सम्मेलन समापन

एलजीको एयर सोलुसन्स सम्मेलन समापन

अर्थ डबली
आइतवार, पौष ३ २०७९
अर्थ डबली
आइतवार, पौष ३ २०७९ (अर्काइभ बाट)
  • एलजीको एयर सोलुसन्स सम्मेलन समापन

    काठमाडौं / गत शुक्रवार होटल एलफ्ट, काठमाडौंमा एलजीले ऐयर सोलुसन्स सम्मेलन समापन गरेको छ । यस सम्मेलनमा विभिन्न क्षेत्रबाट सम्मानित व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

    images
    images

    एलजी ऐयर सोलुसन्स सम्मेलनमा एलजीका विभिन्न उपकरणहरुको बारेमा यस क्षेत्रका सम्बन्धित ब्यवसायमा रहेकाहरूलाई एयर सोलुसन्स उपकरणको बारेमा जानकारी तथा यसका उपयोगिताका बारेमा जानकारी गराउने उद्देश्यका साथ यो सम्मेलन गरिएको थियो । 

    यो सम्मेलन दुई सत्रमा विभिजित रहेको थियो, जसअन्तर्गत पहिलो सत्रमा एलजी इलेक्ट्रोनिक्सका प्रतिनिधि सियोन चोई, जेसन पोक र जुनो लिमले एलजी एयर सोलुसन्सका विभिन्न उपकरणहरुको प्रस्तुति दिनुका साथै सिजी इलेकट्रोनिक्सका विवेक ज्ञवालीले एलजी ऐयर सोलुसन्सको नेपालमा पदचिन्ह र भावी योजनाको बारेमा प्रस्तुति गरेका थिए । यस कार्यक्रमको मुख्य आकर्षण एलजी बिजनेस सोलुसन्सअन्तर्गत रहेको मल्टी भीआरएफ, एयर प्युरीफायर, राउण्ड क्यासेट एसी, इन्ट¥याक्टिभ डिस्प्ले इत्यादि थिए ।

    एल.जी. ऐयर सोलुसन्स सम्मेलनको दोस्रो सत्रमा ‘ऊर्जा दक्षतामा प्रविधिको भूमिका’ शीर्षकमा यस क्षेत्रका विभिन्न विशेषज्ञ माझ छलफल गरिएको थियो । उक्त सत्रमा चौधरी ग्रुपमा म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी, एचभीएसी. कन्सल्टेन्ट रविन्द्रनाथ भट्टराई, अल्टरनेटिभ इनर्जी प्रोमोसन सेन्टरका सहायक डाइरेक्टर शुभलक्ष्मी श्रेष्ठ, अरवन प्लानर अर्किटेक्ट विभुतिमान सिंह, एलजी कोरियाका सियोन चोई र काठमाडौं युनिर्भसिटीका सहायक प्रोफ्रेसर निरन्जन बास्टाकोटीले उक्त छलफलमा आ–आफ्नो अभिव्यक्ति राखेका थिए । 

    दोस्रो सत्रको छलफल कोरियाका राजदूत पार्क चोङ सुकको विशेष उपस्थितिमा गरिएको थियो । चौधरी ग्रुपले एलजीसँग तीन दशकभन्दा बढी व्यवसायिक सहकार्य गर्दै आइरहेको र साथै विशेष रुपमा एयर सोलुसन्स व्यवसाय विगत एक दशकदेखि गर्दै आइरहेको छ ।

    साताको लोकप्रीय