अवैध रुपमा विज्ञापन देखाएको भन्दै फेसबुक–इन्स्टाग्रामलाई जरिवाना

अवैध रुपमा विज्ञापन देखाएको भन्दै फेसबुक–इन्स्टाग्रामलाई जरिवाना

अर्थ डबली
बिहिवार, पुस २१ २०७९
अर्थ डबली
बिहिवार, पुस २१ २०७९ (अर्काइभ बाट)
  • अवैध रुपमा विज्ञापन देखाएको भन्दै फेसबुक–इन्स्टाग्रामलाई जरिवाना

    आयरिस डाटा प्रोटेक्शन कमिसन (डीपीसी) ले अवैध रुपमा विज्ञापन देखाएको भन्दै फेसबुक–इन्स्टाग्रामलाई जरिवाना गरेको जनाएको छ । 

    images
    images

    युरोपियन युनियनको डाटा सम्बन्धी नियम तोडेको आरोपमा मेटा कम्पनीलाई ३९० मिलियन युरो जरिवाना गरेको स्रोतले जनाएको हो । 

    साथै, डीपीसीले मेटालाई अवैध रूपमा प्रयोगकर्ताहरूलाई फेसबुक र इन्स्टाग्राममा विज्ञापनहरू देखाउनको लागि प्रयोगकर्ताहरूको अनुमति माग्नु पर्ने बताएको छ । 

    फेसबुक र इन्स्टाग्राम मेटाको सामाजिक मिडिया प्लेटफर्म हो। मेटाले युरोपेली संघको निर्णयप्रति निराशा व्यक्त गरेको छ भने कम्पनीले यस विषयमा थप पुनरावेदन गर्न सक्ने अनुमान गरेको छ । 

    यद्यपि, मेटाले भने ईयूको निर्णय पछि पनि, आफ्नो प्लेटफर्महरूमा व्यक्तिगत प्राथमिकताहरूमा आधारित विज्ञापनहरू नहटाउने प्रस्ताव राखेको छ । 

    नियामकका अनुसार फेसबुक र इन्स्टाग्रामले प्रयोगकर्तालाई डाटासम्बन्धी सर्तहरू स्वीकार वा प्लेटफर्म छाड्नु पर्ने भन्दै सहमतिका लागि दबाब दिन नसक्ने बताएको छ ।

    गोपनीयताको लागि अभियान गर्नेहरूले यसलाई ठूलो जीत भनेका छन्।

    साताको लोकप्रीय