सनराइज बैङ्कका ग्राहकहरूले फ्रन्टलाइन हस्पिटलमा विशेष छुट पाउने 

सनराइज बैङ्कका ग्राहकहरूले फ्रन्टलाइन हस्पिटलमा विशेष छुट पाउने 

अर्थ डबली
आइतवार, पुस २४ २०७९
अर्थ डबली
आइतवार, पुस २४ २०७९ (अर्काइभ बाट)
  • सनराइज बैङ्कका ग्राहकहरूले फ्रन्टलाइन हस्पिटलमा विशेष छुट पाउने 

    काठमाडौँ / सनराइज बैङ्क लिमिटेडका ग्राहकहरूले फ्रन्टलाइन हस्पिटलमा विशेष छुट पाउने भएका छन् । काठमाडौँको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलको सेवामा ग्राहकहरूलाई छुट दिलाउन बैङ्कले एक सम्झौता गरेको हो । 

    images
    images

    सम्झौतापत्रमा बैङ्कका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अस्पतालका चिफ अपरेटिङ अफिसर सुरेशकुमार मनोहरनले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार बैङ्कका ग्राहकहरूले यस बैङ्कको क्रडिट, डेबिट कार्ड वा मोवाइल बैङ्किङमार्फत फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवा तथा उपचार सुविधामा छुट लिन सक्नेछन् ।

    बैङ्कका ग्राहकहरूले फ्रन्टलाइन हस्पिटलको ओपीडी सेवा र बेड शुल्कमा १३ प्रतिशत, ओपीडी फार्मेसीमा ७ प्रतिशत र शल्यक्रिया सेवा शुल्कमा ५ प्रतिशत छुट पाउनेछन् । 

    साताको लोकप्रीय