प्रचण्डलाई बधाई दिँदै माधव नेपालले भने– बोली र व्यवहारमा एकता कायम होस्

प्रचण्डलाई बधाई दिँदै माधव नेपालले भने– बोली र व्यवहारमा एकता कायम होस्

अर्थ डबली
सोमवार, पुस २५ २०७९
अर्थ डबली
सोमवार, पुस २५ २०७९ (अर्काइभ बाट)
  • प्रचण्डलाई बधाई दिँदै माधव नेपालले भने– बोली र व्यवहारमा एकता कायम होस्

    काठमाडौँ / नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् । 

    images
    images

    प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले भने, “जनअपेक्षाअनुसार नमूना काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता बोली व्यवहारमा एकता कायम होस् ।”

    अध्यक्ष नेपालले भने , ‘उहाँले केही गरेर देखाउने, नयाँ ढंगले अघि बढ्ने र नमुना काम गरेर देखाउने र सबै क्षेत्रमा सुधारसहित आमुल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनताले देख्नेगरी काम होस् । बोली र व्यवहारमा सामन्ज्यस्यता आओस् ।’

    उनले जनतालाई अनुभूत हुनेगरी सङ्घीयता कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै समाजवादका मूल मर्ममा रहेको सरकारले काम गर्नुपर्ने बताएका छन् । 

    अध्यक्ष नेपालले राजनीतिक अग्रजले देश र जनतालाई सार्वभौम र स्वतन्त्र बनाउन योगदान गरेको उल्लेख गर्दै वर्तमान राजनीतिक नेतृत्वसँग पनि जनताले धेरै अपेक्षा गरेका छन्, भने । मुलुकमा भ्रष्टाचार, ढिलासुस्ती, दण्डहीनता, कर्तव्यविमुख प्रवृत्ति मौलाएको उल्लेख गर्दै उहाँले ती समस्या समाधानका लागि सबै एकजुट भएर जनतालाई सुशासनको प्रत्याभूत हुनेगरी काम गर्नुपर्ने बताए । 

    उनले मुलुकमा बढेको कालोबजारी, महँगी र बेरोजगारीलाई अन्त्य गर्नेगरी काम गर्न सरकारलाई आग्रह गर्दै सङ्कटग्रस्त अर्थतन्त्र उकास्ने गरी काम गर्न सुझाव दिए । 

    विगतका अनुभवबाट सबैले पाठ सिक्दै संविधानको रक्षा, राष्ट्रियता र स्वाभिमानको संरक्षण गर्न सबैले गम्भीरताका साथ ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले वर्तमान सरकारबाट संविधानको पूर्णपालनाको अपेक्षा गरेको बताए ।

    देशमा राजनीतिक स्थायित्व जनताले चाहेको उल्लेख गर्दै विगतको शिक्षा ग्रहण गरेर अघि बढ्ने बताए । प्रधानमन्त्रीले संविधान पालाना गरेर हिँड्ने विश्वास व्यक्त गरे । संविधान, लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै समाजवादको लक्ष्यमा जानुपर्ने उनको भनाइ छ ।

    साताको लोकप्रीय