लक्ष्मी बैंकसँग मर्जर सम्झौता गरेको सनराइज बैंकको दोस्रो त्रैमासमा वित्तीय सूचक कस्तो छ ? 

लक्ष्मी बैंकसँग मर्जर सम्झौता गरेको सनराइज बैंकको दोस्रो त्रैमासमा वित्तीय सूचक कस्तो छ ? 

अर्थ डबली
आइतवार, माघ ८ २०७९
अर्थ डबली
आइतवार, माघ ८ २०७९ (अर्काइभ बाट)
  • लक्ष्मी बैंकसँग मर्जर सम्झौता गरेको सनराइज बैंकको दोस्रो त्रैमासमा वित्तीय सूचक कस्तो छ ? 

    काठमाडौँ / सनराइज बैंक लिमिटेडले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा ६५ करोड ३९ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा ७४ करोड ५५ लाख ४४ हजार रुपैयाँ रहेको बैंकको नाफा समीक्षा अवधिमा १२.२८ प्रतिशतले घटेको छ । गत वर्ष बैंकले ७४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो । वित्तीय विवरणअनुसार पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा २२ करोड १८ लाख रुपैयाँ ऋणात्मक छ । गत वर्ष यसको वितरणयोग्य नाफा १० करोड ११ लाख रुपैयाँ थियो । 

    images
    images

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९१ करोड ५७ लाख रुपैयाँ ररहेको छ । यो रकम गत आवको तुलनामा ५९.३० प्रतिशत बढी हो । गत बर्षमा बैंकले १ अर्ब ८३ करोड ३ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, सञ्चालन नाफा १२.२८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा एक अर्ब ६ करोड ३४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको सनराइज बैंकले समीक्षा अवधिमा ९२ करोड ६० लाख रुपैयाँ मात्रै यस्तो नाफा गर्न सफल भएको छ । बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब १२ करोड २७ लाख रुपैयाँ रहेको छ । 

    गर्त बर्ष १४ रुपैयाँ ७४ पैसा रहेको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा १ रुपैयाँ ८१ पैसाले घटेर १२ रुपैयाँ ९३ पैसामा झरेको छ। बैंकको खराब कर्जा १.९५ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षमा १.४१ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा बढेर ३.३६ प्रतिशत पुगेको हो । त्यस्तै, मूल्य आम्दानी अनुपात १५.७१ प्रतिशत, प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ २३ पैसा र तरलता अनुपात २४.८२ गुणा रहेको छ । सनराइज बैंक र लक्ष्मी बैंकले पुस २५ गते गाभ्ने गाभिने कार्यका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेको छ । 

    दुबै संस्था एक आपसमा गाभिए पश्चात बैङ्कको शाखा सञ्जालमा बृद्धि हुन गई शाखाको संख्या २८२, एक्सटेन्सन काउण्टरको सङ्ख्या २७, शाखारहित बैङ्किङ्ग सेवाको सङ्ख्या १६१ र एटिएमको सङ्ख्या ३३७ पुग्नेछ । बैङ्कको कूल निक्षेप २७६.१२ अर्ब तथा कुल कर्जा रकम २५५.२३ अर्ब रुपैयाँ पुग्ने देखिन्छ । 

    साताको लोकप्रीय