अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो, कतारी रियालदेखि कोरियन वनसम्मको विनिमयदर हेर्नुस् 

अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो, कतारी रियालदेखि कोरियन वनसम्मको विनिमयदर हेर्नुस् 

अर्थ डबली
बुधवार, माघ ११ २०७९
अर्थ डबली
बुधवार, माघ ११ २०७९ (अर्काइभ बाट)
  • अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो, कतारी रियालदेखि कोरियन वनसम्मको विनिमयदर हेर्नुस् 

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार अमेरिकी डलर भाउ बढ्दा युरोपियन युरोको भाउ भने घटेको छ । यसअघि एकको खरिदमा १२९ रुपैयाँ ९३ पैसा र बिक्रीमा १३० रुपैयाँ ५३ पैसा तोकिएको अमेरिकी डलरको भाउ आज बढेर एकको खरिदमा १३० रुपैयाँ ४६ पैसा र बिक्रीमा १३१ रुपैैयाँ ६ पैसा पुगेको छ । 

    images
    images

    त्यस्तै युरोपियन युरोको भाउ भने सामान्य घटेर एकको खरिदमा १४१ रुपैयाँ ७२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३७ पैसा कायम भएको छ । यसअघि भने युरो एकको खरिदमा १४१ रुपैयाँ ८२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ४७ पैसा थियो । 

    अष्ट्रेलियन डलर एकको खरिदमा ९१ रुपैयाँ ८ पैसा र बिक्रीमा ९१ रुपैयाँ ५० पैसा रहेकोमा आज सामान्य बढेर खरिदमा ९१ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९१ रुपैयाँ ९८ पैसा रहेको छ । 

    क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९८ रुपैयाँ, सिङ्गापुरे डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य ९९ रुपैयाँ २८ पैसा, जापानी येन १० को खरिदमा १० रुपैयाँ ३ पैसा र बिक्रीमा १० रुपैयाँ ८ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा तोकिएको छ । 

    साउदी अरेवियन रियाल र कतारी रियालको भाउ पनि आज बढेको छ । यसअघि एकको खरिदमा ३४ रुपैयाँ ६० पैसा ६० पैसा र बिक्रीमा ३४ रुपैयाँ ७६ पैसा रहेको साउदी अरेवियन रियाल आज बढेर खरिदमा ३४ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३४  रुपैयाँ ९१ पैसा रहेको छ । 

    कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७० पैसा रहेकोमा आज बढेर एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा तोकिएको छ भने मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा र साउथ कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ६१ पैसा तोकिएको छ । 
    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय